गाजाको फ्लोटिङ पियरमा सहायताको पहिलो ढुवानी साइप्रसबाट प्रस्थान


प्रकाशित मिति : बैशाख २७, २०८१ बिहीबार

US Gaza Aid

साइप्रसका विदेशमन्त्रीले बिहीबार मानवीय सहायताको ढुवानी साइप्रसको बन्दरगाहबाट प्रस्थान गरेको र यो गाजामा अमेरिकाद्वारा निर्मित घाटतर्फ गइरहेको बताउनुभएको छ । अमेरिकाद्वारा गाजामा निर्मित र्याम्पमा यो पहिलो डेलिभरी हो ।

गाजामा मानिसहरू अनिकालको सङ्घारमा छन् । इजराइली सेनाले गाजाको दक्षिणी सहर रफाहबाट एक लाख प्यालेस्टिनीलाई निस्कन आदेश दिएपछि संयुक्त राष्ट्रसङ्घले राहतको अत्यन्तै आवश्यकता रहेको बताएको छ । यसै साताको प्रारम्भमा इजराइलले प्रभावित क्षेत्रमा सहायता प्राप्त गर्न आवश्यक महत्त्वपूर्ण क्रसिङलाई बन्द गर्दै इजिप्ट नजिकैको रफाह क्रसिङ कब्जा गर्न ट्याङ्क पठायो ।

युद्धविरामका लागि अन्तर्राष्ट्रिय प्रयासहरू जारी रहेका बेला इजराइलले रफाहमा पूर्ण आक्रमण सुरु गर्छ वा गर्दैन भन्ने अनिश्चित छ । इजराइलले दक्षिणी इजराइलमा लडाकू समूहको अक्टोबर ७ को आक्रमणपछि हमासलाई समाप्त पार्ने उसको लक्ष्यका लागि रफाहमा आक्रमण महत्त्वपूर्ण रहेको बताएको छ ।

रफाह आक्रमणको विरोध गरेको संयुक्त राज्य अमेरिकाले सर्वसाधारणलाई बाहिर निकाल्ने र उनीहरूको सुरक्षाका लागि इजराइलले कुनै विश्वसनीय योजना प्रदान नगरेको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साइप्रसका विदेशमन्त्री कन्स्टान्टिनोस कोम्बोसले धेरै आवश्यक मानवीय सहायताले भरिएको अमेरिकी जहाज सामुद्रिक करिडोरमार्फत गाजामा सकेसम्म धेरै सहायता हस्तान्तरण गर्ने उद्देश्यले प्रस्थान गरेको बताउनुभयो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा तटभन्दा धेरै किलोमिटर टाढा फ्लोटिङ प्लेटफर्म निर्माण गर्न आदेश दिएको करिब दुई महिनापछि यो ढुवानी भइरहेको छ ।

यद्यपि, मानवतावादीहरूले सामुद्रिक मार्गबाट आउने सहायता गाजामा गम्भीर मानवीवय पीडा कम गर्न पर्याप्त नहुने भन्दै सहायता प्राप्त गर्ने प्रभावकारी तरिका स्थल मार्ग भएको बताएका छन् ।

यो साता रफाह क्रसिङ र नजिकैको केरेम शालोम क्रसिङ बन्द हुँदा सहायता खाद्यान्न, आपूर्ति र इन्धनका ट्रक र जेनेरेटहरूका लागि प्रवेश बन्द भयो । गाजा वरपर मानवीय अभियान र अस्पताल बन्द हुनुभन्दा अघि आफूहरूसँग केही दिनका लागि मात्र इन्धन रहेको सहायता समूहहरूले चेतावनी दिएका छन् ।

इजराइलले बुधबार केरेम शालोमलाई पुनः खोलेको बताएको छ । हमासको मोर्टारले नजिकैका चार इजराइली सैनिक मारिएपछि उक्त क्रसिङलाई इजराइलले बन्द गरेको थियो । यद्यपि कुनै पनि ट्रक गाजातर्फ प्रवेश नगरेको सहायता समूहहरूले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com