किन बढिरहेको छ नवजात शिशुको मृत्युदर ? सुत्केरीको अबस्था के छ


प्रकाशित मिति : बैशाख २३, २०८१ आईतबार

बाँकेमा १ सय १२ नवजात शिशुको ज्यान गएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्मको नौ महिनामा १ सय १२ नवजात शिशुको ज्यान गएको हो । सो अबधिमा १२ जना सुत्केरीको ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेले बताएको छ ।

बाँकेलाई तराईको सुगम जिल्लाको रुपमा लिने गरिन्छ । मातृ तथा नवशिशु स्वास्थ्य स्रोत व्यक्ति विष्णु श्रेष्ठका अनुसार ज्यान गुमाउनेमध्ये १ जना सुत्केरी र ७१ जना शिशु नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका रहेका छन् ।

श्रेष्ठ भन्नुहुन्छ अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा पुर्याउनु र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नहुनु नै नवजात शिशु तथा सुत्केरीको ज्यान जानुको मुख्य कारण हो । बच्चा जन्मिएको ४२ दिनसम्म ४ पटक स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ ।

बाँकेमा खासगरी मधेशी तथा मुस्लिम समुदायमा नवजात शिशु र मातृ मृत्युदर बढी देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालमा हरेक वर्ष प्रसवका बेला ६ हजार तथा जन्मेको पहिलो दिन ६ हजार ५ सय नवजात शिशुको मृत्यु हुने गरेको छ ।

शिशुको दुई तिहाइ मृत्यु गुणस्तरीय स्वास्थ्य सेवा अभावका कारण हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष १२ लाख शिशुले प्रसवकै बेला ज्यान गुमाउँछन् ।

नेपाल सरकारले दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म नवजात शिशु मृत्युदर प्रतिहजार १२ मा झार्ने लक्ष्य लिएको छ। अहिले प्रसूति स्वास्थ्यमा आएको सुधारले नेपालमा करिब ६० प्रतिशत महिलाहरु स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने गरेको तथ्यांकले देखाएका छन् ।

यति ठूलो संख्यामा अस्पतालमा सुत्केरी हुँदा पनि नवजात शिशुको मृत्युदरमा भने खासै सुधार आएको छैन । यसको प्रमुख कारण अस्पतालमा प्रवाह हुने मातृ तथा शिशु सेवाको गुणस्तरमा आवश्यक सुधारको कमी नै भएको बिभिन्न अनुसन्धान तथा अध्ययनहरुले देखाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com