कतारका अमिरको भ्रमणमा विपीन रिहाइ पनि मुद्धा उठाइन्छ : प्रधानमन्त्री दाहाल


प्रकाशित मिति : बैशाख ९, २०८१ आईतबार

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गर्ने विषय एजेण्डामा राखिएको बताउनुभएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा आज सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जोशीको रिहाइका लागि कतारका अमिरले खेल्नसक्ने भूमिकालाई एजेन्डामा राखिएको बताउनुभयो । “प्रभावित विद्यार्थीलाई स्वदेश ल्याउन सरकारले तदारुपतापूर्वक भूमिका निर्वाह गरिरहेको छ”, दाहालले भन्नुभयो, “आजै बिहान मात्रै कुवेतको एउटा टेलिभिजन अन्तर्वार्तामा मैले कतारले जोशीको रिहाइका लागि गर्नसक्ने भूमिकाबारे बोल्दै त्यस पहलका लागि माग समेत गरेको छु ।”

सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा प्यालेस्टाइन विद्रोहीको आक्रमणबाट विद्यार्थीहरुले ज्यान गुमाएको उक्त घटनाले निकै दुःखी तुल्याएको उहाँको भनाइ थियो ।

त्यसैगरी सम्बोधनका क्रममा बोल्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभइ, व्यवहारिक, जीवन उपयोगी तथा सामाजिक रुपान्तरणका लागि सहयोगी हुनुसक्नुपर्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा पनि मैले पहिलो चोटी प्रधानमन्त्रीको हैसियतले भूमिका खेल्ने अवसर प्राप्त गरेको थिएँ”, उहाँले भन्नुभयो, “अहिले सहिद दशरथचन्द राष्ट्रिय स्वाथ्य विज्ञान विश्वविद्यालय निर्माण गर्ने निर्णय गर्न पाउँदा गर्व महसुस भएको छ ।”

शिक्षासम्वन्धी हक कार्यान्वयन गर्न सबैको प्रतिबद्धता आवश्यक रहेको बताउँदै उहाँले सुदूरपश्चिम क्षेत्रको निम्न तथा मध्यम आय भएका विद्यार्थीहरुलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गरी उनीहरुको जीवनमा विश्वविद्यालयले महत्वपूर्ण योगदान पु¥याएको जानकारी दिनुभयो ।

सो क्रममा विश्वविद्यालयमा विभिन्न पदक प्राप्त विद्यार्थीलाई प्रधानमन्त्री दाहालले पदक वितरण समेत गर्नुभयो । दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति सुमना श्रेष्ठ, भारतको उत्तराखण्डस्थित कुमाउँ विश्वविद्यालयका प्राध्यापक दिवान सिंह रावतले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

उक्त समारोहमा तीन सय ७६ विद्यार्थी दीक्षित भएको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com