टेस्लाका सीईओ एलोन मस्कको भारत भ्रमण किन स्थगित भयो ?


प्रकाशित मिति : बैशाख ८, २०८१ शनिबार

अमेरिकी व्यापारी तथा टेस्लाका सीईओ एलोन मस्कको भारत भ्रमण स्थगित भएको छ । एलोन मस्कले अप्रिल १० मा आफू भारत भ्रमण गर्न उत्साहित भएको बताएका थिए ।

‘दुर्भाग्यवश, टेस्लाको धेरै भारी जिम्मेवारीका कारण भारत भ्रमण ढिलो हुनेछ’, उनले सोशल मिडिया प्लेटफर्म एक्समार्फत भने ।

तर, मस्कले यसै वर्षको अन्त्यमा भारत भ्रमण गर्ने कुरा गरेका छन् । मस्कले भने, “म यस वर्षको अन्त्यमा भारत भ्रमण गर्न उत्साहित छु।”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com