आईपीएलमा लखनउले गुजरातलाई ३३ रनले हरायो, यश ठाकुर र क्रुणालको घातक बलिङ


प्रकाशित मिति : चैत्र २५, २०८० आईतबार

India IPL Cricket

इन्डियन प्रिमियर लिग–२०२४ को २१ औं खेलमा लखनउ सुपरजायन्ट्सले गुजरात टाइटन्सलाई ३३ रनले पराजित गरेको छ । चालू सिजनमा लखनउको यो लगातार तेस्रो जित हो भने गुजरातले लगातार दोस्रो हार बेहोरेको छ । टाइटन्सले आफ्नो ५ खेलमध्ये ३ हारेको छ ।

आइतबार एकना रंगशालामा भएको खेलमा एलएसजीले टस जितेर पहिले ब्याटिङ रोजेको थियो र निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । जवाफमा जीटी टोली १८.५ ओभरमा १ सय ३० रन बनाएर अलआउट भयो। खेलको प्लेयर अफ द म्याच यश ठाकुर भए । उनले ३० रन दिएर ५ विकेट लिए ।

एलएसजीका लागि मार्कस स्टोइनिसले ५८ रन बनाए । योसँगै निकोलस पूरनले ३२ र केएल राहुलले ३३ रनको योगदान पुर्याए । उमेश यादव र दर्शन नलकन्देले २–२ विकेट लिए ।

जवाफमा जीटीका साई सुदर्शनले सर्वाधिक ३१ रन बनाए । राहुल तेवाटियाले ३० रन र कप्तान शुभमन गिलले १९ रनको योगदान दिए । एलएसजीका यश ठाकुरले ५ विकेट लिए भने क्रुणाल पाण्ड्याले ३ विकेट लिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टस जितेर ब्याटिङ रोजेको लखनउको सुरुवात खराब रह्यो । टोलीले १८ रनमा दुई विकेट गुमाएको थियो । यस्तो अवस्थामा केएल राहुल र मार्कस स्टोइनिसले ६२ बलमा ७३ रनको साझेदारी गर्दै इनिङ्सलाई सम्हाले । पछि निकोलस पुरन र आयुष बडोनीले स्कोर १६३ मा पुर्याए ।

१६४ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले उत्कृष्ट सुरुवात गरायो । दुवैले ३९ बलमा ५४ रनको साझेदारी गरे । तर गिल आउट भएपछि मध्यक्रममा कुनै साझेदारी हुन सकेन र टोली १३० रनमा अलआउट भयो।

लगातार तेस्रो जितपछि लखनउको टोली चालू सिजनको अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ भने गुजरात लगातार दुई पराजय बेहोरे पनि सातौं स्थानमा छ । लखनउले ४ मध्ये ३ खेल जितेर ६ अंक जोडेको छ । दोस्रो ओभरमा ५ मध्ये ३ खेल गुमाएको गुजरातको खातामा ४ अंक छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com