अमेरिकी कांग्रेसले सहायता रोके युक्रेनले युद्ध हार्न सक्छ : राष्ट्रपति जेलेन्स्की


प्रकाशित मिति : चैत्र २५, २०८० आईतबार

Ukraine’s President Volodymyr Zelensky gestures as he speaks during a joint press conference with the German Chancellor following their meeting on May 14, 2023 at the Chancellery in Berlin. (Photo by Tobias SCHWARZ / AFP)

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार अमेरिकी कांग्रेसले मस्कोको आक्रमणसँग लड्नका लागि सैन्य सहायतालाई अनुमति नदिए किएभले रुसविरुद्धको युद्ध हार्ने बताउनुभएको छ ।

कांग्रेसमा रिपब्लिकनहरूले महिनौँदेखि किएभका लागि अर्बौं डलरको सैन्य सहायतामा रोक लगाएका छन् । “कांग्रेसले युक्रेनलाई सहयोग नगरे युक्रेनले युद्ध हार्नेछ भनेर विशेषरूपमा कांग्रेसलाई बताउन आवश्यक छ”, किएभ–सङ्गठित कोष सङ्कलन प्लेटफर्म युनाइटेड२४ को भिडियो बैठकमा जेलेन्स्कीले भन्नुभयो ।

उहाँले युक्रेन सहायताबिना ‘बस्न’ (जीवित रहन) ‘कठिन’ हुने बताउनुभयो । युक्रेनले युद्ध हार्यो भने अन्य राज्यहरूमा पनि हमला हुने उहाँले बताउनुभयो । युक्रेनमा रुसले आक्रमण गरेको दुई वर्षभन्दा बढी भइसकेको छ ।

दक्षिणी जापोरिज्जिया क्षेत्रको गुलियापोल सहरमा रुसी हमलामा तीन जनाको ज्यान गएको किएभले आइतबार बताएको छ । उक्त क्षेत्रका प्रमुख इभान फेडोरोभले सामाजिक सञ्जालमा भन्नुभयो, “रुसी गोलाको प्रहारबाट ध्वस्त भएको आफ्नै घरको भग्नावशेषले किचेर दुई पुरुष र एक महिलाको मृत्यु भयो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com