अमेरिकाले भन्यो : रुसी तेलको खरिद घटाउन भारतलाई भनिएको छैन


प्रकाशित मिति : चैत्र २२, २०८० बिहीबार

रूससँगको तेल खरिद घटाउन भारतलाई आग्रह नगरेको अमेरिकाले बताएको छ । अमेरिकी ट्रेजरी डिपार्टमेन्टका वरिष्ठ अमेरिकी अधिकारीहरूले भारतलाई रूसबाट तेल आयात रोक्न वा घटाउन आग्रह नगरेको बताउनु भएको हो । कच्चा तेल खरिद र प्रशोधनका लागि कुनै पनि संस्थालाई प्रतिबन्ध नलगाएको उहाँले दाबी गर्नुभयो ।

जी ७, युरोपेली संघ र अष्ट्रेलियाले रूसी तेलको मूल्य मापनको दोस्रो चरणमा केन्द्रित सत्रमा उहाँले भन्नुभयो , ‘रूससँग कुनै पनि व्यापार गर्न सकिँदैन भनेर निर्देशन दिइएको छैन । सोही कार्यक्रममा आर्थिक नीतिका सहायक सचिव एरिक भान नोस्ट्राण्डले रूसी तेलको मूल्य सीमा लागू गर्ने भारतको निर्णयको स्वागत गर्दै उक्त निर्णयबाट रूसले भारतलगायत अन्य देशलाई सहुलियत दरमा तेल बेचेको बताउनु भयो ।

उहाँले रूसी राष्ट्रपति भ्लादमिर पुटिनलाई संकेत गर्दै , ‘अनिवार्य रूपमा भारत र अन्य साझेदारहरूको लागि छुट मूल्यमा रूसी तेल पहुँच गर्न एक संयन्त्र सिर्जना गरेर इन्धन मूल्य सीमाको लक्ष्य पुटिनको राजस्व सीमित गर्नु र विश्वव्यापी तेल आपूर्ति पनि कायम राख्नु हो ’ भन्नुभयो ।

अमेरिकी अर्थमन्त्रालयले यही वर्षको फेब्रुअरीमा रूसी तेलको मूल्य सीमासम्बन्धमा जारी गरेको वक्तव्यमा भनिएको थियो, ‘संयुक्त राज्य अमेरिका, जी–७, युरोपेली संघ र अष्ट्रेलियासहितका देशहरूको अन्तर्राष्ट्रिय गठबन्धन इन्धनमा सीमा निर्धारणका लागि बनेको गठबन्धनको एक हिस्सा हो, जसले कच्चा तेल र रूसी संघ मूलको पेट्रोलियम उत्पादनको आयातमा प्रतिबन्ध लगाउन सहमत भएका छन्।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘प्राइस क्याप कोलिसन’ मा संलग्न राष्ट्र तथा संघसंस्थाहरू रूसी तेलको समुद्री यातायातसँग सम्बन्धित सेवाहरूको विस्तृत दायरालाई प्रतिबन्धित गर्न पनि सहमत भएका छन्’, विज्ञप्तिमा भनिएको छ। एजेन्सीहरु

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com