विकेटकिपिङमा धोनीको विश्व रेकर्ड, टी-२० क्रिकेटमा ३०० विकेट लिने विश्वकै पहिलो विकेटकिपर


प्रकाशित मिति : चैत्र १८, २०८० आईतबार

इन्डियन प्रिमियर लिग २०२४ मा दिल्ली क्यापिटल्सविरुद्ध महेन्द्र सिंह धोनीले विकेटकिपिङमा इतिहास रचेका छन् । दिल्लीका ओपनर ब्याट्सम्यान पृथ्वी शको क्याच लिएर धोनीले विश्व कीर्तिमान बनाएका हुन् । धोनी टी–२० क्रिकेटमा विकेटकिपिङमा ३ सय विकेट लिने विश्वकै पहिलो खेलाडी बनेका छन् । आउनुहोस्, टी-२० क्रिकेटमा सबैभन्दा बढी क्याच लिने ५ विकेटकिपरको बारेमा जानौँ ।

टी–२० मा महेन्द्र सिंह धोनीको ३ सय क्याच

भारतीय क्रिकेट टोलीका खेलाडी महेन्द्र सिंह धोनी टी–२० ढाँचामा ३०० विकेट लिने विश्वकै पहिलो विकेटकिपर बनेका छन् । आईपीएलमा दिल्ली क्यापिटल्सविरुद्ध खेल्दै उनले यो उपलब्धि हासिल गरेका हुन् । यो आँकडा पुग्ने धोनी विश्वकै पहिलो खेलाडी बनेका हुन् ।

दिनेश कार्तिकको नाममा २७४ क्याच

दिनेश कार्तिकले पनि टी-२० मा विकेट किपिङमा चमत्कार गरेका छन् । आईपीएल र विभिन्न फ्रेन्चाइजीबाट खेल्दा कार्तिकले अहिलेसम्म विकेट किपिङमा कुल २७४ क्याच लिएका छन्।

कामरान अकमलको नाममा २७४ क्याच

पाकिस्तानी क्रिकेट टोलीका पूर्व विकेटकिपर ब्याट्सम्यान कामरान अकमलले पनि टी–२० क्रिकेटमा पाकिस्तानका लागि चमत्कार गरेका छन् । कमरान अकमलको नाममा पनि टी–२० क्रिकेटमा विकेट लिँदा २७४ क्याच छन् ।

क्विन्टन डी ककले लिए टी-२० मा २७० क्याच

दक्षिण अफ्रिकाका दिग्गज विकेटकिपर क्विन्टन डी ककले पनि टी–२० मा चमत्कार गरेका छन् । डी ककले टी-२० ढाँचामा विकेट किपिङ गर्दै आफ्नो नाममा २७० क्याच लिएका छन् । यही कारणले गर्दा डि ककलाई फ्रेन्चाइज लिग क्रिकेटमा विकेटकिपरको पहिलो रोजाइ मानिन्छ ।

जोस बटलर नाममा टी- २० मा २०९ क्याच

जोस बटलरले टी-२० क्रिकेटमा पनि उत्कृष्ट विकेटकिपिङ गर्छन्। यो ढाँचामा सबैभन्दा धेरै क्याच लिनेमा बटलर पाँचौं स्थानमा छन् । बटलरले टी–२० क्रिकेटमा २०९ क्याच लिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com