आईपीएलमा लखनउको पहिलो जीत : पञ्जाब २१ रनले पराजित, शिखरको अर्धशतक छायामा


प्रकाशित मिति : चैत्र १७, २०८० शनिबार

आईपीएल २०२४ को ११ औं खेलमा लखनऊ सुपर जायन्ट्सले पञ्जाब किंग्सलाई २१ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको लखनउले १९९ रन बनाएको थियो । जवाफमा पञ्जाबले १ सय ७८ रन मात्र बनायो ।

लक्ष्य पछ्याउँदै पन्जाबले स्थिर सुरुवात गरेको थियो । पहिलो विकेटका लागि १०२ रनको साझेदारी भयो। बेयरस्टो आउट भएपछि पञ्जाबको रनरेटमा ब्रेक लागेको थियो । तर, शिखर धवनले एक छेउ समातेर खेल जारी राखे । उनी ७० रन बनाएर आउट भए ।

बलिङतर्फ मयंक यादवले तीन र मोहसिनले दुई विकेट लिए ।

लखनऊ सुपर जायन्ट्सले पञ्जाबविरुद्ध राम्रो सुरुवात गरेको थियो । क्विन्टन डी ककले सुरुदेखि नै हात खोलेका थिए । तर, केएल राहुल मात्र १५ रन बनाएर आउट भए ।

८ ओभरको खेलसम्म लखनउको स्कोर २ विकेट गुमाएर ६५ रन थियो । यसपछि क्विन्टनले ३४ बलको सामना गर्दै आफ्नो आईपीएल करियरको २१औँ अर्धशतक बनाए ।

यसपछि निकोलस पूरनले मैदानमा पाइला चाल्ने बित्तिकै चौका र छक्का प्रहार गर्दै २१ बलमा ४२ रन बनाए तर रबाडाले उनको इनिङ्स समाप्त गरे ।

त्यसपछि अन्तमा क्रुणाल पाण्ड्याले २२ बलमा ४३ रनको अविजित इनिङ खेले । यसरी लखनउले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९९ रन बनाएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com