कोलकाताले बैंग्लोरलाई ७ विकेटले हरायो, विराट कोहलीको अर्धशतक छायामा


प्रकाशित मिति : चैत्र १६, २०८० शुक्रबार

India IPL Cricket

आईपीएल २०२४ को १० औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले पराजित गरेको छ । यो सिजनमा घरेलु टोलीले लगातार ९ खेल जित्ने कीर्तिमान पनि तोडिएको छ ।

एम चिन्नास्वामी रंगशालामा भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ् गरेको रोयल च्यालेन्जर्स बैंग्लोरले विराट कोहलीको अविजित अर्धशतकको मद्दतले ६ विकेटमा १८२ रन बनाएको थियो । केकेआरले सुरुदेखि नै धमाकेदार ब्याटिङ गर्दै १७ औं ओभरमा नै लक्ष्य हासिल गर्‍यो। टोलीले १९ बल बाँकी रहँदै खेल जित्यो । केकेआरको यो लगातार दोस्रो जित हो। आरसीबीले तीन खेलमा दोस्रो हार बेहोरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोहलीले ५९ बलमा चार छक्का र चार चौकासहित ८३ रनको अविजित इनिङ खेल्नुका साथै क्यामरन ग्रीनसँग दोस्रो विकेटका लागि ६५ र ग्लेन म्याक्सवेलसँग तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरे। ग्रीनले ३३ रन बनाए भने म्याक्सवेलले २८ रन बनाए । दिनेश कार्तिकले अन्तिममा आठ बलमा तीन छक्का प्रहार गर्दै २० रन बनाए । केकेआरका लागि आन्द्रे रसेल र हर्षित राना २-२ विकेट लिए ।

लक्ष्य पछ्याउँदा सुनिल नारायण र साल्टले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गर्दै जितको जग बसाएका थिए । नारायणले ४७ रनको उत्कृष्ट पारी खेले । यसपछि वेंकटेश अय्यरले बाँकी ५० रन पूरा गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com