इन्डियन प्रिमियर लिग–२०२४ को आठौं खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई जितका लागि २७८ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको थियो । अभिषेक शर्माले २३ बलमा ६३ रन, ट्राभिड हेडले २४ बलमा ६२ रन र हेनरिक क्लासेनले ३४ बलमा ८० रन बनाए । एडेन मार्करामले २८ बलमा ४२ रनको योगदान दिए ।
हैदरावादले आईपीएल इतिहासमा सबैभन्दा ठूलो स्कोर बनाएको छ । यसअघिको कीर्तिमान आरसीबीको नाममा थियो । बेंगलुरुले २०१३ सिजनमा पुणे वारियर्सविरुद्ध २६३ रन बनाएको थियो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।