आईपीएल-२०२४ को तेस्रो खेलमा कोलकाताले हैदराबादलाई ४ रनले हरायो


प्रकाशित मिति : चैत्र १०, २०८० शनिबार

Sunil Narine of Kolkata Knight Riders appealing for the wicket of Abdul Samad of Sunrisers Hyderabad during match 3 of the Indian Premier League season 17 (IPL 2024) between Kolkata Knight Riders and Sunrisers Hyderabad held at the Eden gardens Stadium, Kolkata on the 23rd March 2024. Photo by Saikat Das/ Sportzpics for IPL

इन्डियन प्रिमियर लिग- २०२४ को तेस्रो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले सनराइजर्स हैदराबाद (एसआरएच) लाई ४ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाता ले २० ओभरमा ७ विकेट गुमाएर २०८ रन बनाएको थियो ।

कोलकाता नाइट राइडर्सले दिएको २०९ रनको लक्ष्य पछ्याउने क्रममा सनराइजर्स हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर २०४ रन मात्रै बनाउन सक्यो ।

हेनरिक क्लासेनले २९ बलमा ८ छक्का प्रहार गरी ६३ रनको उत्कृष्ट इनिङ खेले पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इडेन गार्डेन रंगशालामा भएको खेलमा कोलकाताको जितमा आन्द्रे रसेल नै नायक बने । उनले २५ बलमा अविजित ६४ रनको विस्फोटक इनिङ खेलेका थिए भने दुई विकेट पनि लिएका थिए ।

आन्द्रे बाहेक फिल साल्टले ५४ रन बनाए । रमनदीप सिंहले ३५ र रिंकु सिंहले २३ रनको योगदान दिए । टी नटराजनले तीन विकेट लिए ।

जवाफी इनिङ्समा हैदरावादका ओपनर अभिषेक शर्मा र मयंक अग्रवालले ३२–३२ रन बनाएका थिए । शाहबाज अहमदले ५ बलमा १६ रनको योगदान दिए । हर्षित राणाले ३ विकेट लिए ।

शनिबारको पहिलो खेलमा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com