कोलकाताले हैदरावादलाई दियो जीतको लागि २०९ रनको लक्ष्य, रसेलले बनाए ६४ रन


प्रकाशित मिति : चैत्र १०, २०८० शनिबार

Andre Russell of Kolkata Knight Riders hitting a over boundary during match 3 of the Indian Premier League season 17 (IPL 2024) between Kolkata Knight Riders and Sunrisers Hyderabad held at the Eden gardens Stadium, Kolkata on the 23rd March 2024. Photo by Saikat Das/ Sportzpics for IPL

इन्डियन प्रिमियर लिग- २०२४ को तेस्रो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले सनराइजर्स हैदराबाद (एसआरएच) लाई जितको लागि २०९ रनको लक्ष्य दिएको छ ।

शनिबार सनराइजर्स हैदरावादका कप्तान प्याट कमिन्सले कोलकाता नाइट राइडर्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाता ले २० ओभरमा ७ विकेट गुमाएर २०८ रन बनाएको थियो ।

कोलकाताका लागि आन्द्रे रसेलले इडेन गार्डेन स्टेडियममा २५ बलमा अविजित ६४ रनको विस्फोटक इनिङ खेले भने फिल साल्टले ४० बलमा ३ चौका र ३ छक्काको मद्दतले ५४ रन बनाए । रमनदीप सिंहले ३५ र रिंकु सिंहले २३ रनको योगदान दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टी नटराजनले तीन विकेट लिए । मयंक मार्कण्डेले दुई सफलता हात पारे । प्याट कमिन्सले एक विकेट लिए ।

यसअघि सुनिल नारायण २ रन बनाएर आउट भएका थिए ।

आजको पहिलो खेलमा पञ्जाब किंग्स विजयी भएको छ । मोहालीमा आयोजक टोलीले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com