टी-२० खेलमा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बने विराट कोहली


प्रकाशित मिति : चैत्र १०, २०८० शनिबार

रोयल च्यालेन्जर्स बैंगलोरका स्टार ब्याट्सम्यान विराट कोहली टी–२० खेलमा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् ।

आईपीएलको पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्धको खेलमा कोहलीले यो उपलब्धि हासिल गरेका हुन् ।

यससँगै कोहलीले क्रिस गेल, किरोन पोलार्ड र शोएब मलिक जस्ता खेलाडीह्ररु पुगेको क्लबमा पुगेका भएका छन् । क्रिस गेलले टी–२० मा सर्वाधिक १४५६२ रन बनाएका छन् ।

जहाँ पाकिस्तानका शोएब मलिक १३३६० रनको साथ दोस्रो स्थानमा छन् । वेस्ट इन्डिजका खेलाडी किरोन पोलार्डले १२ हजार ९ सय र इंग्ल्याण्डका एलेक्स हेल्सले १२ हजार ३१९ रन बनाएका छन् । डेभिड वार्नरले १२ हजार ६५ रन बनाएका छन् ।

ब्रेक लिएपछि विराट कोहली आईपीएलमा फर्किएका छन् । आईपीएलअघि उनले इङ्ल्यान्डविरुद्धको पाँच खेलको टेस्ट सिरिज खेलेका थिएनन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com