एसाइलम, वर्क परमिट, ग्रिनकार्ड, ट्राभल डकुमेन्ट लगायतमा छिटो निर्णयको अनुरोधबारे नीति अपडेट


प्रकाशित मिति : चैत्र ९, २०८० शुक्रबार

युएससीआईएसले कस्ले र कसरी एसाइलम, वर्क परमिट, ग्रिनकार्ड, ट्राभल डकुमेन्ट लगायतमा छिटो निर्णयका लागि अनुरोध गर्नसक्ने भन्नेबारे निर्देशिका अपडेट गरेको छ । सरकारी रुची, आपतकालिन अवस्था र मानवीय स्थीतिहरुका आधारमा युएससीआईएसले आवेदनमा शीघ्र निर्णयका लागि कसरी विचार गर्नसक्छ भन्नेबारे स्पष्ट पारिएको हो । अपडेटमा शीघ्र निर्णयका लागि कसरी अनुरोध गर्न सकिन्छ र युएससीआईएसले कसरी यसबारे विचार गर्छभन्नेबारे पनि प्रष्ट पारिएको छ ।

सार्वजनिक हित, सार्वजनिक सुरक्षा, राष्ट्रिय हित, वा राष्ट्रिय सुरक्षा चासोहरू समावेश भएकाकारण संघीय, राज्य, जनजाति, प्रादेशिक, वा अमेरिकाका स्थानीय सरकारहरूद्वारा अत्यावश्यक ठहर गरेका आवेदनहरुलाई युएससीआईएसले द्रुत रूपमा अघि बढाउन सक्ने प्रष्ट पारेको छ । त्यस्तै सरकारी रुचीका आधारमा संघीय सरकारका एजेन्सी वा विभागले कुन अवस्थामा छिटो निर्णयका लागि अनुरोध गर्नसक्छ भन्नेबारे पनि प्रष्ट पारिएको छ ।

त्यस्तै अमेरिका भित्रका आवेदकले अमेरिका छोड्नको लागि दबाबपूर्ण वा महत्वपूर्ण आवश्यकता देखाएको खण्डमा ट्राभल डकुमेन्ट वा एड्भान्स परोलको आवेदनमा शीघ्र निर्णय दिनसक्ने युएससीआईएसले जनाएको छ । यात्राको आवश्यकता योजनाबद्ध वा अनियोजित घटनासँग सम्बन्धित जुनसुकै अवस्थामा पनि शीघ्र निर्णय हुनसक्नेछ ।

त्यस्तै युएससीआईएसको गल्ती भएको कस्तो अवस्थामा छिटो निर्णय दिन सकिनेछ भन्नेबारे पनि प्रष्ट पारिएको छ । उदाहरणका लागि आवेदकले गलत जानकारीको साथ वर्क परमिट प्राप्त गरेका कारण उसलाई काम गर्न बाधा भएमा त्यसलाई सच्याउनका लागि दु्रत प्रकृया अनुरोध गर्न सकिन्छ । साथै दु्रत निर्णयका लागि कसरी अनुरोध कसरी गर्ने र कसरी अनुरोधकर्ताहरूले अनलाइनबाट सुरक्षित मेसेज प्रयोग गर्न सक्छन् भनेर पनि व्याख्या गरिएको छ । युएससीआईएसमा अनलाइन एकाउन्ट भएमा तिनीहरूको शीघ्र अनुरोध पेश गर्ने र प्रमाण अपलोड गर्नेबारे पनि व्याख्या गरिएको छ ।

अध्यागमन लाभहरू अनुरोध गर्ने व्यक्तिहरूले आफ्नो आवेदन, निवेदन, अनुरोध, अपीलको निर्णय छिटो गराउन अनुरोध गर्न सक्छन्। युएससीआईएसले केस अनुशार सबै द्रुत अनुरोधहरू विचार गर्ने जनाएको छ । सामान्यतया त्यस्ता अनुरोधहरूलाई सपोर्ट गर्ने कागजातहरू चाहिने तथा छिटो निर्णय गर्ने कुरा युएससीआईएसको स्वविवेक भित्र रहेको प्रष्ट पारिएको छ ।

कुनै कम्पनीले असफल हुने, महत्वपूर्ण सम्झौता गुमाउने वा अन्य कर्मचारीहरूलाई हटाउने अवस्था आएका कारण गम्भीर आर्थिक नोक्सान भोग्न सक्ने देखाएमा आवेदनमा दु्रत निर्णयका लागि अनुरोध गर्न सक्छन् । उदाहरणको लागी मेडिकल कार्यालयले डाक्टरको वर्क परमिटमा ढिलो भएका कारण चिकित्सा सहायकहरूलाई हटाउन आवश्यक हुँदा गम्भिर आर्थिक क्षति हुने देखाउन सक्छ ।

व्यक्तिगत परिस्थितिमा निर्भर गर्दै गम्भीर आर्थिक नोक्सान स्थापित गर्नको लागि जागिर गुमाउने विषय पर्याप्त हुन सक्छ। उदाहरणका लागि कामको लागि यात्रा गर्न नसक्दा जागिर गुमाउने कारणले छिटो निर्णयका लागि अनुरोध गर्न सकिन्छ । अन्य बाध्यकारी कारकहरूको प्रमाण बिना छिटो वर्क परमिट प्राप्त गर्ने विषय छिटो निर्णयका लागि योग्य नहुनसक्छ । थप रूपमा छिटो निर्णय नहुँदा महत्वपूर्ण सार्वजनिक लाभ वा सेवाहरू गुमाउने अवस्था भएमा तीव्र आर्थिक नोक्सान स्थापित हुन सक्छ ।

आपतकालीन वा अत्यावश्यक मानवीय अवस्थामा छिटो निर्णयका लागि अनुरोध गर्न सकिन्छ । उदाहरणहरूमा रोग, अशक्तता, परिवारको सदस्य वा नजिकको साथीको मृत्यु, वा प्राकृतिक प्रकोप वा सशस्त्र द्वन्द्वका कारण हुने चरम जीवनका अवस्थाहरू यसमा समावेश हुन्छन् । युएससीआईएसले अनुरोधकर्ताको व्यक्तिगत कल्याणसँग सम्बन्धित अनुरोधहरू र अरूको कल्याणसँग सम्बन्धित अनुरोधहरूलाई विचार गर्दछ। उदाहरणका लागि कुनै व्यक्तिको मानवीय कल्याणलाई सहज बनाउन आवेदनमा छिटो निर्णय गर्नसक्छ । उदाहरणका लागि,युएससीआईएसले महामारीको समयमा स्वास्थ्यकर्मीहरूको लागि वर्क परमिटको निर्णय छिटो गर्नसक्छ ।

एसाइलम आवेदन, शरणार्थी आवेदनहरू र मानवीय प्यारोलको लागि अनुरोधहरूमा पनि मानवीय आधारमा छिटो निर्णय गराउन सकिने युएससीआईएसले जनाएको छ । तर यी आवेदनहरुमा छिटो निर्णय गराउन आवेदन एक्लै प्रयाप्त नहुने र समय संवेदनशील वा बाध्यकारी कारकहरूको प्रमाण आवश्यक पर्ने युएससीआईएसले प्रष्ट पारेको छ । द्रुत प्रक्रियाहरू आवेदनका प्रकार र कार्यालय अनुसार फरक हुन सक्छ। उदाहरणका लागि एसाइलम आवेदनहरू, शरणार्थी आवेदनहरू, र मानवीय प्यारोलका लागि दु्रत निर्णयको अनुरोधका विशेष प्रक्रियाहरू र आवश्यकताहरू छन्। एसाइलम कार्यालयका निर्देशकहरूले प्राथमिकता आदेशभन्दा बाहिरको अन्तर्वार्ताको लागि दु्रत अनुरोधलाई केसका आधारमा विचार गर्न सक्छन्। कुनै पनि अत्यावश्यक अन्तर्वार्ता समयतालिकाका अनुरोधहरू लिखित रूपमा तपाईंको मुद्दाको अधिकार क्षेत्र रहेको एसाइलम कार्यालयमा पेश गर्नुपर्छ ।

छिटो निर्णयका लागि कसरी अनुरोध गर्ने भन्नेबारे थप जानकारी यहाँ पाउन सकिन्छ ।

दु्रत निर्णयको अनुरोध गर्ने गैर नाफामुखी संस्थाले सांस्कृतिक वा सामाजिक हितहरूका आधारमा अनुरोध गर्न सक्छन् । उदाहरणहरूमा यसमा महामारी वा अन्य सामाजिक रूपमा प्रभावकारी अनुसन्धान वा परियोजनासँग सम्बन्धित चिकित्सा अनुसन्धानको लागि तत्काल आवश्यक पर्ने चिकित्सा पेशेवर वा कुनै विशिष्ट र आसन्न सांस्कृतिक कार्यक्रममा भाग लिन तत्काल आवश्यक पर्ने विश्वविद्यालयका प्राध्यापक समावेश हुन सक्छन्। अर्को उदाहरण धार्मिक संस्था हो जसलाई अत्यावश्यक सामाजिक आउटरिच कार्यक्रम जारी राख्नको लागि लाभार्थीको विशिष्ट सेवा र सीप सेट चाहिन्छ। धार्मिक संस्थाले सामान्य अभावलाई मात्र औंल्याउनुको सट्टा सम्बन्धित लाभार्थीलाई विशेष रूपमा किन आवश्यक छ भनी व्याख्या गर्नुपर्छ।

अपडेट गरिएको नीतिको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com