आईपीएल- २०२४ आजबाट, पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दै


प्रकाशित मिति : चैत्र ९, २०८० शुक्रबार

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो खेलमा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच खेल हुँदैछ ।

चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुने खेलमा चेन्नई सुपर किंग्सको कप्तानी रितराज गायकवाडले गर्नेछन् ।

चेन्नई सुपर किंग्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘एमएस धोनीले आगामी टाटा आईपीएल २०२४ को लागि चेन्नईको कप्तानी ऋतुराज गायकवाडलाई सुम्पेका छन्। ऋतुराज २०१९ देखि चेन्नईको हिस्सा रहेका छन् र यस अवधिमा उनले ५२ आईपीएल खेल खेलेका छन्।’

ऋतुराज गायकवाडले अहिलेसम्म ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् जसमा उनले ११५ रन बनाएका छन् । योसँगै उनले १९ टी–२० अन्तर्राष्ट्रिय खेलमा ५ सय रन जोडेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुतुराज गायकवाडले सन् २०२० मा आईपीएलमा डेब्यु गरेका थिए । सन् २०२१ को आईपीएल सिजनमा रुतुराज गायकवाड सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए ।

रोयल च्यालेन्जर्स बैंग्लोरको कप्तानीको जिम्मेवारी फाफ डु प्लेसिसले पाउनेछन् । ठाउँहरू खोल्न सकिन्छ। उनलाई साथ दिन विराट कोहली आउन सक्छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com