जब हार्दिक पाण्ड्या र रोहित शर्माले एकअर्कालाई अंगालो हाले… (भिडियो)


प्रकाशित मिति : चैत्र ८, २०८० बिहीबार

हार्दिक पाण्ड्या र रोहित शर्माबीचको सम्बन्धमा तिक्तता बढेको हल्लाका बीच मुम्बई इन्डियन्सको क्याम्पमा हार्दिक र शर्माले एकअर्कालाई अँगालो हालेको भिडियो यतिबेला भाइरल बनेको छ । रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्यालाई मुम्बई इन्डियन्सको नयाँ कप्तान बनाइएपछि दुई बीचको सम्बन्धमा तिक्तता बढेको चर्चा चालेको थियो ।

ब्याट्सम्यानको भूमिकाको मजा लिन सकून् र धेरै रन बनाएर टोलीलाई जित दिलाउन सकुन भन्दै रोहित शर्मालाई कप्तानको जिम्मेवारीबाट मुक्त गरिएको थियो । रोहित क्रिकेटबाट केही ब्रेकपछि सोमबार मुम्बई इन्डियन्सको क्याम्पमा सामेल भएका थिए । उनी फर्किएपछि नेटमा पसिना बगाएका थिए ।

मुम्बई इन्डियन्सको क्याम्पमा अभ्यास खेलअघि दुवै खेलाडीले एकअर्कालाई अँगालो हालेका थिए र यो क्षण मुम्बई इन्डियन्सको क्यामेरामा कैद गरी सामाजिक सञ्जालमा सेयर गरिएको थियो । यो भिडियो केही क्षणमै भाइरल बन्यो ।

मुम्बई इन्डियन्सको टोली अलिबाग पुग्दा पनि हार्दिक पाण्ड्या र रोहित शर्माबीचको विवादले गति लिएको थियो । रोहित शर्मा यस टिम बन्डिङ सत्रमा देखिएनन् । रोहित शर्माले थप अभ्यास गर्ने मनसायले यो निर्णय लिएको हुन सक्ने बताइएको छ । रोहित शर्मालाई कप्तानीबाट हटाएपछि मुम्बई इन्डियन्सको माहोल तनावपूर्ण देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोहित शर्मालाई कप्तानबाट हटाउनुको कुनै ठोस कारण भने बाहिर आएको छैन । मुम्बई इन्डियन्सले आईपीएल २०२४ मा गुजरात टाइटन्सविरुद्ध मार्च २४ मा आफ्नो पहिले खेल खेल्दैँछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com