वुमन प्रिमियर लिगको उपाधी आरसीबीलाई, फाइनलमा दिल्ली ८ विकेटले पराजित


प्रकाशित मिति : चैत्र ४, २०८० आईतबार

वुमन प्रिमियर लिग  (डब्ल्यूपीएल)- २०२४ ले आइतबार नयाँ च्याम्पियन पाएको छ । फाइनलमा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्लीलाई ८ विकेटले पराजित गर्दै विजयी भएको हो ।

फाइनल खेलमा दिल्ली क्यापिटल्सकी कप्तान मेग ल्यानिङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । फाइनल खेलमा श्रेयांका पाटिल र मोलिनक्सको उत्कृष्ट बलिङका कारण दिल्लीको इनिङ्स १८.३ ओभरमा ११३ रनमा समेटिएको थियो । श्रेयंका पाटिलले चार विकेट लिएकी थिइन् ।

दिल्लीले दिएको ११४ रनको लक्ष्य पछ्याउने क्रममा आरसीबीले सुस्त तर स्थिर सुरुवात गर्यो । मन्धना र सोफी डेभिनबीच पहिलो विकेटका लागि ४९ रनको साझेदारी भयो। सोफीले ३२ रन बनाइन् । कप्तान स्मृति मन्धानाले ३१ रनको योगदान दिएकी थिइन् । यसपछि एलिस पेरीले अविजित ३५ र ऋचा घोषले अविजित १७ रन बनाएर खेल जितिन् । मिन्नु र शिखाले एक–एक विकेट लिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com