बेलायतको अर्थतन्त्रले सकारात्मक मोड लिदै , जीडीपीमा सामान्य बृद्धि
प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार
Britain’s Prime Minister Rishi Sunak leaves 10 Downing Street in central London on November 30, 2022 on his way to take part in the weekly session of Prime Minister’s Questions (PMQs) in the House of Commons. (Photo by JUSTIN TALLIS / AFP)
जनवरीमा बेलायतको कूल गार्हस्थ्य उत्पादन जीडीपी शून्य दशमलव २ प्रतिशतले बढेको छ । त्यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालय ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जीडीपी बढेको हो । निर्माण क्षेत्रको उत्पादन अपेक्षा गरिएभन्दा धेरैले बढेपछि बेलायतको अर्थतन्त्र वृद्धितर्फ मोडिएको हो ।
ओएनएसका अनुसार समीक्षा अवधिमा निर्माण क्षेत्रको उत्पादन १ दशमलव १ प्रतिशतले बढेको थियो । जनवरी महिनामा बढेको भए पनि जनवरीसम्मको तीन महिनामा भने आर्थिक वृद्धिदर शून्य दशमलव १ प्रतिशतले घटेको अनुमान गरिएको छ । एक वर्ष अघिको सोही अवधिको तुलनामा अर्थतन्त्र शून्य दशमलव ३ प्रतिशतले खुम्चिएको बताइएको छ ।
वृद्धिको यो आकार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणमा संलग्न भएका अर्थशास्त्रीहरूले बताएकै हाराहारी हो । डिसेम्बरमा अर्थतन्त्र शून्य दशमलव १ प्रतिशतले खुम्चिएको थियो । गएको वर्षको उत्तरार्द्धमा बेलायती अर्थतन्त्र मन्दीमा गएको थियो ।
कोभिडको महामारीबाट शुरुआती पुनःबहालीयता नै बेलायतको अर्थतन्त्र सुस्त रहेको छ । रुसले युक्रेनमा गरेको आक्रमणपछि इन्धन आयातको महसुलमा भएको वृद्धि र केन्द्रीय बैंक ‘बैंक अफ इङ्गल्यान्ड’ले ब्याजदरमा गरेको वृद्धिका कारण आर्थिक गतिविधि सुस्ताएको छ । एजेन्सीहरु





