युक्रेनको समर्थनमा वाइफाइको नाम राखेपछि रुसी विद्यार्थीलाई जेल सजाय


प्रकाशित मिति : फाल्गुन २७, २०८० आईतबार

रुसको राजधानी मस्कोको एक अदालतले त्यहाँका एक विद्यार्थीलाई १० दिनको जेल सजाय सुनाएको छ ।

युक्रेनको समर्थनमा आफ्नो वाइफाइको राखेका दिएका कारण उनलाई यो सजाय दिइएको हो ।

मस्को स्टेट युनिभर्सिटीका यी विद्यार्थीले आफ्नो वाइफाइ नेटवर्कको नाम ‘स्लाभा युक्रेन !’ (युक्रेनको जय होस्) राखेका थिए ।

जसका कारण मस्कोको एक अदालतले उनलाई ‘चरमपन्थी संगठनको प्रतीक’ देखाएकोमा दोषी ठहर गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

करिब दुई वर्षअघि रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि रुसका हजारौं मानिसहरूलाई आक्रमणको आलोचना गरेको वा युक्रेनलाई समर्थन गरेकोमा जेल वा जरिवानाको सजाय सुनाइएको छ।

अधिकारीहरूलाई नेटवर्कको नाम बताएपछि एक प्रहरी अधिकारीले बुधबार बिहान मस्कोमा विद्यार्थीलाई पक्राउ गरेका थिए ।

अदालतका कागजातहरूका अनुसार अधिकारीहरूले विश्वविद्यालयको छात्रावासमा उनको कोठाको निरीक्षण गरे र उनको व्यक्तिगत कम्प्युटर र वाइफाइ राउटर जफत गरेका थिए ।

युक्रेनी समर्थकहरूले लगाउने नारा ‘स्लाभा युक्रेन !’ नारा निकै चर्चित छ । यो नारा रुसी आक्रमण विरुद्ध जुलुसमा अक्सर सुनिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com