युवाहरुलाई अपराधबाट जोगाउन न्युजिल्याण्डले सैन्य एकेडेमी चलाउने


प्रकाशित मिति : फाल्गुन २२, २०८० मंगलबार

न्युजिल्यान्ड सरकारले युवाहरूमा देखिन सक्ने पुन अपराधको जोखिम कम गर्न युवा अपराध विरुद्ध सैन्य एकेडेमीहरू विकास गर्ने योजना बनाएको छ ।
बालबालिका मन्त्री करेन छौरले यस बारे जनाकारी दिनु भएको छ ।

विभिन्न कारणले युव पुस्ता गम्भीर र निरन्तर अपराधको शृङ्खलामा फसिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्न सैन्य शैलीका एकेडेमीहरूको स्थापना गर्ने र अपराध विरुद्ध विभिन्न किसिमका सचेतनामूलक गतिविधि सञ्चालन गर्ने सरकारको तयारी छ ।

सैन्य शैलीको एकेडेमी यस वर्षको मध्यदेखि सञ्चालन हुनेछ जसमा युवाहरूलाई अज्ञानता र उत्तेजनाका कारण कुलत र अपराधमा फस्ने र पटकपटक अपमानित हुने जोखिम कम गर्न मद्दत गर्नका लागि सैन्य कम्पोनेन्टका साथै पुनर्वास र आघात सूचनायुक्त हेरचाह लगायतका विषय समावेश हुनेछन् । यस्ता कार्यक्रमले थुप्रै युवा अपराधीहरूका जीवनमा अनुशासित र संरचित वातावरणका साथ वास्तविक परिवर्तन प्रदान गर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com