व्यावसायिक, मनोरञ्जनात्मक गतिविधिका लागि श्रीलङ्काले गाले बन्दरगाहको विकास गर्ने


प्रकाशित मिति : फाल्गुन २२, २०८० मंगलबार

श्रीलङ्काको मन्त्रिपरिषद्ले ऐतिहासिक गाले बन्दरगाहलाई व्यावसायिक र मनोरञ्जनात्मक गतिविधिहरूका लागि नयाँ ढङ्गले विकास गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले मङ्गलबार पत्रकार सम्मेलनमा सो निर्णय बारे जानकारी गराउनु भएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै गुणवर्द्धनाले गाले हार्बर विकास आयोजनासँग सम्बन्धित पूर्वाधार विकास र मनोरञ्जन गतिविधिसँग सम्बन्धित पूर्वाधार विकासका लागि सार्वजनिक–निजी साझेदारी ढाँचामा उपयुक्त लगानीकर्ता छनोट गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको बताउनु भएको छ ।

श्रीलङ्काले गाले बन्दरगाहलाई १७ करोड ५० लाखदेखि २० करोड अमेरिकी डलरको लगानीमा दक्षिण एसियाको पूर्ण पर्यटकीय बन्दरगाह र मनोरञ्जन केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com