सगुनको दोस्रो चरणको शेयर निस्कासन


प्रकाशित मिति : भाद्र १०, २०७४ शनिबार

क्रेडिट र डेविट कार्डबाट पनि लगानी गर्न सकिने

लण्डन । सगनुले बेलायतबाट दोस्रो चरणको शेयर निस्कासनको औपचारीक घोषणा गरेको छ । बेलायतमा रहेका नेपाली माझ एक बिशेष कार्यक्रममा शेयर निस्कासनको औपचारीक घोषणा गर्दै सगुनका संस्थापक गोविन्द गिरीले क्रेडिटर डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने जानकारी गराउनुभयो ।

शेयर खरिदको लागि सहज बनाउन सगुनले यो पटक नयाँ व्यवस्था समेत मिलाएको हो । यसअघी बैङकमै गएर मात्र हुने कारोवारलाई सहज बनाउँदै सगुनले अमेरिकी सेक्युरिटिज एक्सचेन्ज कमिसनको स्विकृतीमा क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाएको हो । क्रेडिटर डेविट कार्ड मार्फत शेयरमा लगानी गर्न अवसर पाउने अमेरिकी स्टार्ट अप कम्पनीहरुमा सगुन पहिलो कम्पनी हो ।

विदेशमा व्यस्तताका बीचमा लगानी गर्न चाहनेहरुको सहजतालाई ध्यानमा दिदै क्रेडिट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाइएको गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, ’ क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्न पाउने नयाँ व्यवस्थाले प्रवासमा रहेका नेपालीहरु सहित अन्य सम्भावित लगानीकर्ताहरु लाभान्वित हुने विश्वास लिएको छु । ’

क्रेडिटर डेविट कार्ड मार्फत लगानी गर्ने पहिलो स्टार्ट अप कम्पनी भएकोमा सगुनलाई प्राइम ट्रस्ट तथा फन्ड अमेरिकाका प्रमुख कार्यकारी अधिकृत स्कट पुर्सेलले वधाई दिनुभएको छ । पुर्सेलले भन्नुयो, ’ क्रेडिटर डेविट कार्ड मार्फत लगानी जुटाउने रेगुलेसन ए प्लस अन्तर्गतको क्राउड फन्डिङ उद्योगको सगुन पहिलो कम्पनी भएको छ । यो सगुनका सम्भावित लगानीकर्ताहरुको लागि क्रान्तिकारी पहल हो । अब लगानीकर्ताहरुले क्रेडिटर डेविट कार्ड मार्फत समयको सदुपयोग गर्दै घरमै बसीबसी लगानी गर्न सक्नेछन् । ’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सगुनले यो दोस्रो चरणमा अमेरिकाकै अग्रणी भुक्तानी प्रसोधन तथा प्रविधि सेवा प्रदायक कम्पनी भान्टिवसँग साझेदारी गरेको छ । भान्टिवले अमेरिकामा २५ अर्ब भुक्तानीहरुलाई सम्पन्न गरेको छ र यसलाई ८ लाखभन्दा बढी किनबेच गर्ने स्थलमा चलाउन मिल्दछ ।

“सगुन पहिलो रेगुलेशन ए प्रमाणित कम्पनी हो जससँग हामीले क्राउडफन्डिङबाट लगानी जुटाउन सहकार्य गरिरहेका छौं । भान्टिवले सम्भावित लगानीकर्तालाई थप सुविधा दिएको छ जस अनुसार उनीहरुले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी कारोबार गर्न सक्छन् । हामी सगुनलाई उसको लगानीको लक्ष्य भेट्टाउने कार्यमा सहयोग गर्न पाउँदा उत्साहित छौं । सगुनजस्ता नवीन कम्पनीहरुले गर्दा हामीले हाम्रा सरल, छरितो तथा उत्कृष्ट सेवाको प्रदर्शन गर्न पाउँछौं”, भान्टिवका कम्पनी प्रमुख ग्रेग ओर्चले भन्नुभयो ।

औपचारीक घोषणा कार्यक्रममा संस्थापक गिरीले बेलायतमा रहेका नेपालीमाझ सगुनको दोस्रो चरणको शेयर निस्कासनको घोषणा गर्न पाउँदा खुसी प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, ’ बीर गोर्खालीको रुपमा चिनिने बेलायती सेनामा रहेका नेपाली दाजुभाईले संसारमाझ आफ्नो वीरताको पहिचान दिएको गर्विलो इतिहासलाई सम्मान गर्दै गोर्खाली समुदायको माझबाट हामी सगुन लिएर संसारसामु प्रस्तुत भएका छौं । ’

सगुनले अमेरिकी कानुन रेगुलेशन ए प्लस अन्तर्गत मिनि आइपिओमार्फत २ करोड डलरको शेयर विक्री गर्दैछ । यस शेयर निस्कासनको पहिलो चरणमा करिव ३५ सय लगानीकर्ता सगुनको शेयर खरिद प्रक्रियामा सहभागि हुनुभएको छ । सगुनको यो चरणमा लगानी गर्नका लागि प्रति शेयर २३ डलरका दरले कम्तीमा १ हजार डलरको शेयर किन्नु पर्ने हुन्छ । सगुनले यस चरणमा ८ लाख भन्दा वढी शेयर विक्रि गर्ने योजना बनाएको छ । शेयर बिक्री कम्पनीको शेयर बिक्री सम्बन्धी सूचनाहरु रहेको वेबसाइट www.sagoon.com/invest बाट सञ्चालन गरिने सगुनले बताएको छ ।

नेपालीले शुरु गरेको अमेरिकी स्टार्ट अप कम्पनी सगुनमा पहिलो चरणमा लगानी गर्ने अवसर नपाएका तथा छुटेका विश्वभरका नेपाली तथा अन्य सम्भावित लगानीकर्ताहरुलाई पहिलो चरणकै मूल्यमा दोस्रो चरणमा शेयर विक्री गर्ने योजना सगुनको रहेको छ ।

सगुनले संसारभर छरिएर रहेका नेपाली समुदाय तथा एशियाली समुदायलाई लक्षित गरि लगानीको योजना सार्वजनिक गरेको छ । सगुन निकट भविष्यमै आफ्नो बहुप्रतिक्षित स्मार्ट कार्ड लिएर आउने तयारीमा छ । यसका लागि सगुनको अमेरिका, भारत र नेपालको टीम संयुक्त रुपमा काम गरिरहेको छ ।

सगुन प्रारम्भिक चरणमा रहेको सामाजिक कमर्स प्लेटफर्म हो जसको उद्देश्य सामाजिकीकरण गर्दा पैसा कमाउन सक्ने अवसर प्रदान गर्नु हो । सगुन शब्द संस्कृतको सकुन भन्ने शब्दबाट लिइएको हो जसको अर्थ राम्रो भाग्य वा शुभ अवसर भन्ने हो । सगुन सन् २००९ मा सर्च इन्जिनको रुपमा सुरु भएको थियो तर पछि २०१४ मा सामाजिक कमर्श प्लेटफर्मको रुपमा विकास गरियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com