भाले र पोथी भएको दुर्लभ चरा कोलम्बियामा फेला परर्यो , बिज्ञ भन्छन यो दोश्रो घटना हो


प्रकाशित मिति : फाल्गुन १५, २०८० मंगलबार

एउटै शरीरमा भाले र पोथी भएको दुर्लभ चरा कोलम्बियामा फेला परेको छ । विज्ञका अनुसार १ सय वर्षमा यस्तो चरा फेला परेको यो दोस्रो पटक हो । यो चराको शरिरको आधा भाग नीलो र आधा भागमा हरियो प्वाँख रहेको बताइएको छ ।

यो चराको देब्रे पट्टीको प्वाँख हरियो छ। यो प्रजातिका पोथी चरामा मात्र हरियो प्वाँख हुन्छ। दाहिने पट्टीको प्वाँख भने भालेमा मात्र हुने खालको नीलो छ। चराचुरुङ्गीमा विशेष रुचि राख्ने जोन मुरियोले कोलम्बियामा यस्तो चरा फेला पारेका हुन् ।

अधिकांश पन्छी अवलोकनकर्ताले आफ्नो जीवनमा शरीरमा भाले र पोथी भएको चरा देख्न पाउँदैनन् । भाले र पोथी दुवैथरी गुण एउटै पन्छीमा देखिएको अवस्था निकै दुर्लभ हुन्छ । आधा भाग भाले र आधा भाग पोथी मा हुँदा जीवको एउटा भागले भालेको गुण र अर्को भागले पोथीको गुण देखाउँछ।

१ सय वर्षको अभिलेखअनुसार एउटै शरीरमा भाले र पोथीको गुण भएको जीव भेटिनु र लिङ्ग पहिचान र पन्छीको यौन व्यवहार बारेमा हाम्रो बुझाइ महत्वपूर्ण छ।
द्विपाश्वीय स्त्रीपुरुषताको यो उदाहरणले अरु प्रजातीमा जस्तै चराको एउटा भाग भाले वा पोथी हुन सक्ने अनुमान गरिएको छ । एजेन्सीहरु

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com