पेरिसको एफिल टावर ६ दिनको हडतालपछि पर्यटकका लागि खुला


प्रकाशित मिति : फाल्गुन १३, २०८० आईतबार

पेरिसको एफिल टावर ६ दिनको हडतालपछि पर्यटकका लागि खुला भएको छ । गत सोमबार यहाँ कार्यरत कर्मचारीहरु हडतालमा उत्रिएका थिए ।

विश्वभरका पर्यटकको आकर्षणको केन्द्र बनेको एफिल टावरको सञ्चालक एसईटीईले कर्मचारी युनियनसँग सम्झौता भएको जनाएको छ ।

पछिल्लो तीन महिनामा यो दोस्रो हड्ताल हो, जबकि यस गर्मीमा पेरिसमा ओलम्पिक खेलहरू आयोजना हुँदैछन्ए सईटीईले पर्यटकहरुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै टिकटको पैसा फिर्ता गरिने जनाएको छ ।

बन्दका कारण करिब एक लाख पर्यटकले प्रवेश पाएका थिएनन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com