बेरोजगार श्रीमानलाई खर्च गर्न श्रीमतीले पैसा दिनुपर्ने अदालतको फैसला


प्रकाशित मिति : फाल्गुन ११, २०८० शुक्रबार

पुरुषले पत्नीबाट मासिक भरणपोषण रकम पाउने गरी अदालतले फैसला गरेको छ । भारतको मध्यप्रदेश राज्यको इन्दौरमा एक ‘फेमिली कोर्ट’ ले अमन नाम गरेका २३ वर्षीय पुरुषको मुद्दामा यस्तो फैसला गरेको हो । उज्जैन निवासी अमनले आफू बेरोजगार रहेको र पत्नीकै कारण अध्ययन गर्न नपाएको जिकिर गर्दै भरणपोषणको माग गरेका थिए ।

उनकी पत्नी २२ वर्षीय नन्दिनीले भने आफू बेरोजगार रहेको र अमन रोजगारीमा रहेको जिकिर गरेकी थिइन् । तर उनले अमन रोजगारीमा रहेको प्रमाण जुटाउन सकिनन् । बरु अमनले नन्दिनीको ब्यूटीपार्लर व्यवसाय रहेको तथ्य अदालतमा पुष्टि गरिदिएका थिए ।
अमनका वकिल मनिष झरौलाका अनुसार सन् २०२१ जुलाईमा अमन र नन्दिनीको विवाह भएको थियो । विवाहपछि दुवै जना इन्दौरमा भाडाको घरमा बस्दै आएका थिए ।

वकिल झरौलाका अनुसार फेमिली कोर्टले हिन्दु विवाह अधिनियमको धारा २४ मा टेकेर यस्तो फैसला गरेको हो । उक्त धारामा आवेदक पति या पत्नी सँग आफ्नो अति आवश्यक खर्च उठाउन पर्याप्त आय नभएको अवस्थामा दुवैको आयस्रोत हेरेर भरणपोषणका लागि आदेश गर्न सक्ने व्यवस्था छ ।
आफूले १२ कक्षा पास गरेको तर कलेजमा भर्ना भएपनि नन्दिनीकै कारण थप अध्ययन गर्न नपाएको पनि उनको जिकिर थियो । नन्दिनी र उनका परिवारले जबर्जस्ती विवाह गराएको अमनको भनाइ थियो ।

अदालतले अमन र नन्दिनीलाई साथ नबस्ने छुट पनि दिएको छ । तर नन्दिनीले प्रत्येक महिना अमनका लागि ५ हजार भारतीय रुपैयाँ उपलब्ध गराउनु पर्नेछ । अदालतमा अमनले विवाहपछि आफूलाई नन्दिनीले दुःख दिएको र दुई महिनापछि नै आफूले नन्दिनीलाई छाडेर आमाबुबासँग बस्न थालेको जिकिर गरेका थिए । एजेन्सीहरु

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com