स्पेनको भ्यालेन्सिया सहरमा रहेको अपार्टमेन्टमा भीषण आगलागी, चार जनाको मृत्यु


प्रकाशित मिति : फाल्गुन ११, २०८० शुक्रबार

SPAIN-FIRE

स्पेनको भ्यालेन्सिया सहरमा रहेको दुईवटा संयुक्त अपार्टमेन्ट ब्लकमा भीषण आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । यसबाहेक १५ जना बेपत्ता रहेको बताइएको छ ।

आकस्मिक सेवाहरूका अनुसार आगो क्याम्पनारमा १४ तलाको आवासीय भवनमा लागेको थियो र चाँडै भवनको दुबै ब्लकहरूमा फैलिएको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार अग्निनियन्त्रकहरूले बालकनीबाट मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास गरेका थिए।

उक्त भवनका प्रबन्धकलाई उद्धृत गर्दै अखबार अल पेसले यस भवनमा १३८ फ्ल्याट रहेको र यसमा ४५० मानिस बसोबास गर्ने गरेको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस घटनामा ६ उद्धारकर्मी र एक बालकसहित १५ जना घाइते भएका छन्, यद्यपि उनीहरु खतरामुक्त छन् ।

भ्यालेन्सियाका मेयर मारिया जोसे क्याटालाका अनुसार उद्धारकर्मीहरूले अझै पनि १५ जनाको खोजी गरिरहेका छन्। तर, स्थानीय सरकारी अधिकारीहरूले यो संख्या १४ राखेका छन् ।

आगो निभाउनका लागि २० वटा दमकलको टोली खटाइए पनि हावाहुरीका कारण राहत कार्य प्रभावित भएको थियो । घटनास्थलमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज पुगेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com