त्रिविका विभागमा विद्यार्थीभन्दा प्राध्यापक धेरै


प्रकाशित मिति : भाद्र २३, २०७३ बिहीबार

त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने भन्दै केन्द्रीय विभागमा सेमेस्टर प्रणाली सुरु गरेको छ । तर, केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै छन् ।

मानविकी संकायअन्तर्गत भूगोल केन्द्रीय विभागमा यस वर्ष प्रथम सेमेस्टरमा विद्यार्थी भर्ना भएनन् । इतिहास केन्द्रीय विभागमा भने एक विद्यार्थी भर्ना भएका छन् । प्राध्यापक भने १२ छन् ।

त्रिवि भूगोल केन्द्रीय विभाग प्रमुख नरेन्द्रराज खनालले प्रथम सेमेस्टरमा भर्ना शून्य रहेको र तेस्रो सेमेस्टरमा नियमित पाँच विद्यार्थी हाजिर हुने गरेको बताए । सो विभागमा १४ प्राध्यापक छन् ।

त्रिविका आधा दर्जन केन्द्रीय विभागमा १० जनाभन्दा कम विद्यार्थी छन् । तर, प्राध्यापकको संख्या त्योभन्दा धेरै छ । आधा दर्जन विषयमा विद्यार्थीभन्दा प्राध्यापक संख्या धेरै छ । अहिले त्रिविमा प्रथम सेमेस्टरका विद्यार्थी परीक्षा सकेर बसेका छन तेस्रो सेमेस्टर सञ्चालनमा छ । त्रिविमा स्नातकोत्तर चार सेमेस्टरको हुने गरे पनि एउटै समयमा दुईवटा सेमेस्टर मात्र सञ्चालन हुने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहान नपढाएपछि भूगोलमा भर्ना शून्य

त्रिविको भूगोल केन्द्रीय विभागमा प्रवेश परीक्षा दिन विद्यार्थीले निवेदन दिएका थिए । तर, प्राध्यापकले विद्यार्थीले चाहेको समयमा नपढाउने भएपछि प्रथम सेमेस्टरमा विद्यार्थी शून्य भएको हो ।

धेरै विद्यार्थी हुने केही केन्द्रीय विभागले दुई सिफ्टमा पनि कक्षा सञ्चालन गरेका छन् । तर, प्राध्यापकले बिहान पढाउन नसक्ने बताएपछि कम विद्यार्थी भर्ना हुने भूगोल केन्द्रीय विभागमा प्रवेश परीक्षा दिएका विद्यार्थीसमेत भर्ना नभएका हुन् ।

त्रिवि मानविकी संकायका डिन प्रा.डा. चिन्तामणि पोखरेलले भूगोलका विभागीय प्रमुखले बिहान पढाउने भनेर फारम लिएको, तर पढाइ नगरेपछि प्रथम सेमेस्टर शून्य भएको बताएका नयाँ पत्रिकामा खबर छ । पोखरेलका अनुसार त्रिविका हिन्दी, संस्कृत, राजनीतिशास्त्रजस्ता केही विभागमा चार–पाँचजना मात्र विद्यार्थी छन् ।

उनले भने, ‘सेमेस्टरमा ८० प्रतिशत हाजिरी चाहिने व्यवस्था छ । त्यसैले पनि विद्यार्थी भर्ना गर्न र नियमितता गराउन समस्या छ ।’ उनका अनुसार २० विद्यार्थी संख्या नपुग्ने धेरै विभाग रहेका छन् । इतिहास विभागमा प्रथम सेमेस्टरमा एक विद्यार्थी भर्ना भएका थिए । चौथो सेमेस्टरमा भने चारजना विद्यार्थी छन् । तर, सो विभागमा १२ प्राध्यापक छन् । ६ प्राध्यापक, ४ रिडर र दुई लेक्चरको दरबन्दी छ । केही प्राध्यापक काजमा समेत बाहिर गएका छन् ।

शिक्षाशास्त्रमा पनि उस्तै

मानविकी संकायमा मात्र होइन शिक्षाशास्त्रका केही विषयमा विद्यार्थीभन्दा प्राध्यापक धेरै छन् । डिन प्रा. नेत्रप्रसाद धितालका अनुसार शिक्षाशास्त्रमा पढाइ हुने इतिहास, राजनीतिशास्त्र र भूगोलमा न्यून विद्यार्थी छन् । यी विषयमा पाँचभन्दा कम विद्यार्थी संख्या रहेको उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com