त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि बुढाथोकी,बराल र धमलाको नाम सिफारिस


प्रकाशित मिति : फाल्गुन ६, २०८० आईतबार

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रा डा चित्रबहादुर बुढाथोकी, प्रा डा केशरजंग बराल र प्रा डा टंकनाथ धमलाको नाम सिफारिस भएको हो । चित्रबहादुर बुढाथोकी त्रिवि शिक्षा संकायका डिन , केशरजंग बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति र टंकनाथ धमला त्रिवि गणित विभागका प्रमुख हुनुहुन्छ ।

उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकामा सर्टलिस्ट मा १४ जना परेका थिए। तीमध्ये तीन जनाको नाम कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई आइतबार सिफारिस गरिएको हो।

विज्ञहरु प्रा डा चन्द्रबहादुर श्रेष्ठ, प्रा डा सुरेशराज शर्मा समितिका सदस्यहरु शिक्षा सचिव सुरेश अधिकारी र वौद्ध अध्ययन विभाग प्रमुख चन्द्रकला घिमिरेले २९ माघ , १ र २ फागुनमा सर्टलिस्टमा परेकाहरुको अन्तर्वार्ता, व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण र सोचपत्रको मूल्यांकन गर्नुभएको थियो ।

त्रिविको उपकुलपति पदका लागि कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी र चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद वेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सुर्यबहादुर थापा सर्टलिस्टमा पर्नुभएको थियो ।

सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले नाम सिफारिस गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com