अध्यागमन विभागका महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचार मुद्दा, ११ करोड ९ लाख बिगो मागदाबी


प्रकाशित मिति : फाल्गुन ६, २०८० आईतबार

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अध्यागमन विभागका महानिर्देशक रूद्रसिंह तामाङविरुद्ध अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले ११ करोडको भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । तामाङसँग अख्तियारले ११ करोड ९ लाख १७ हजार ४ सय ५८ रूपैयाँ ८८ पैसा बिगो मागदाबीसहित मुद्दा चलाएको हो।

उनी मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रहेका बेलामा तोकेभन्दा बढी पेश्की दिएर भ्रष्टाचार गरेको आरोप लागेको छ। उनीसहित १५ जना र २ कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ (१) र ३ (१) (झ) बमोजिम कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असुल हुन समेतको मागदाबी लिइएको अख्तियारले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com