युक्रेनी राष्ट्रपतिले हटाए सेना प्रमुखलाई, भने- ‘सेनामा ठूलो परिवर्तन गर्न चाहन्छौं’


प्रकाशित मिति : माघ २७, २०८० शनिबार

रुस र युक्रेनबीचको युद्ध यही महिनाको २४ तारिखमा दुई वर्ष पूरा हुँदैछ । यस युद्धमा युक्रेनका धेरै सहर भग्नावशेषमा परिणत भएका छन् । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले देशका शीर्ष सेना अधिकारी अर्थात् सेना प्रमुखलाई पदबाट हटाएका छन्।

युक्रेनी अखबार कीभ इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार जनरल भ्यालेरी ज्यालुज्नी लाई हटाएको घोषणा गर्दै जेलेन्स्कीले भने देशको सेवा गरेकोमा जनरल भ्यालेरीलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले आफूहरु सेनामा महत्वपूर्ण परिवर्तन गर्न चाहेको बताएका छन् ।

जेलेन्स्कीले सेनामा ठूला परिवर्तनहरू गर्न चाहेको दाबी गरेपछि पछिल्लो केही महिना यता भ्यालेरी र राष्ट्रपति बीच सकारात्मक सम्बन्ध भने थिएन् । जेलेन्स्कीले शीर्ष जनरललाई खतराको रूपमा हेर्न थालेका थिए ।

रिपोर्टका अनुसार भ्यालेरी सेनामा निकै लोकप्रिय छिन् र सर्वसाधारणले पनि उनलाई मन पराउँछन् । अब उनको स्थानमा कमाण्डर इन चीफ जनरल अलेक्ज्याण्डर सायार्स्की हुनेछन् । जेलेन्स्कीले भने– सेनालाई रिसेट गर्न आवश्यक थियो । धेरै मिलेर यो निर्णय गरेका हौं । यस युद्धबाट जनता दिक्क भएको र राष्ट्रपतिको नेतृत्वमा पनि धेरै प्रश्नचिन्ह खडा भएकाले जेलेन्स्कीले यो परिवर्तन गरेको बताइएको छ ।

यस युद्धबाट रुसले युक्रेनले ठूलो क्षति बेहोर्नुपरेको छ । यसका साथै मानिसको दैनिकी पनि अस्तव्यस्त बन्दै गएको छ । युक्रेनी सैन्य विज्ञहरूले पनि अहिले यो युद्ध अन्त्य हुने आशा नरहेको बताउन थालेका छन् ।

युक्रेनले पनि अहिले सैनिक अभावको सामना गरिरहेको छ । गत वर्ष युद्ध सुरु भएपछि सर्वसाधारण पनि सेनामा भर्ना हुन आउन थाले पनि समयसँगै सैनिकको अभाव हुन थालेको छ । यस बाहेक रुसी सेनाले देशका धेरै महत्वपूर्ण भाग कब्जा गरेको छ ।

गत हप्ता युक्रेनी मिडियाले वायुसेनाले रुसी लडाकु विमान खसालेको दाबी गरेको थियो । यसका बाबजुद पनि युक्रेनका धेरै भाग यस्ता छन्, जसलाई उसको सेनाले रुसबाट फिर्ता लिन सकेको छैन् । अहिले सेनाको उच्च पदमा परिवर्तन गरेर जनतामा नयाँ आशा जगाउने प्रयास भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com