इन्टरनेट र मोबाइल सेवामा प्रतिबन्धका बीच पाकिस्तानमा मतदान सम्पन्न


प्रकाशित मिति : माघ २५, २०८० बिहीबार

पाकिस्तानमा नयाँ सरकारका लागि मतदान सकिएको छ । निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले मोबाइल र इन्टरनेट सेवामा रोक लगाएको थियो ।

गृह मन्त्रालयले आतंकवादसँग सम्बन्धित विषयलाई ध्यानमा राख्दै यो कदम चाल्न आवश्यक भएको बताएको छ ।

पाकिस्तानमा यो निर्वाचन पूर्वप्रधानमन्त्री इमरान खानलाई अविश्वासको मतमार्फत अपदस्थ गरेको दुई वर्षपछि भएको हो।

तीन पटक प्रधानमन्त्री बनेका नवाज सरिफ यसपटक चुनावी मैदानमा छन् । धेरै विज्ञहरूले यसलाई पाकिस्तानमा अहिलेसम्मकै सबैभन्दा कम विश्वसनीय चुनाव भनेका छन्।

इमरान खान गत वर्ष भ्रष्टाचारको मुद्दामा जेल परेका थिए । जेलमा रहेका इमरान खानलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो । उनको पार्टी पीटीआईले इन्टरनेट सेवा बन्द गर्नुलाई ‘कायर’ भनेको छ।

कार्यवाहक गृहमन्त्रीले मतदान सकिएपछि शान्ति सुरक्षाको अवस्था स्थिर रहेकोमा खुशी व्यक्त गरेका छन् । उनले छुट्टाछुट्टै घटना बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए ।

यसअघि कार्यवाहक प्रधानमन्त्री अनवरुल हकले इन्टरनेट र मोबाइल सेवा बन्द गर्ने निर्णयलाई सुरक्षाको दृष्टिकोणबाट हेर्न अपिल गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com