बिश्वसम्पदा केन्द्रमा कपिलबस्तुको तिलौराकोटको मनोनयन प्रस्तुत


प्रकाशित मिति : माघ १८, २०८० बिहीबार

बिश्व सम्पदा सूचिमा सुचिकृत गर्नका लागि प्राचिन कपिलबस्तुको तिलौराकोटलाई अन्तिम प्रकृयामा लगिएको छ । त्यसका लागि युनेस्को बिश्व सम्पदा केन्द्रमा तिलोराकोटको अन्तिम मनोनयन पेश भएको हो । यो संगै तिलौराकोट बिश्वसम्पदा सूचिमा सूचिकृत हुने संभावना बलियो बनेको हो । सरकारका तर्फबाट कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन दस्तावेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस भएको छ ।
युनेस्को जापानिज फन्ड इन ट्रस्ट परियोजना अन्तर्गत दुर्हाम विश्वविद्यालयका प्रोफेसर रविन कनिङ्घमको नेतृत्वमा सन् २०१४ देखि गरेको वैज्ञानिक पुरातात्त्विक उत्खननबाट तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पर्याप्त आधार र प्रमाणहरू जुटेको थियो ।
फ्रान्सका लागि नेपाली राजदूत एवम् युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधीर भट्टराईले युनेस्को वर्ल्ड हेरिटेज केन्द्रका निर्देशक लाजारे इलोन्डोलाई औपचारिक रूपमा मनोनयन दस्तावेज पेस भएपश्चात सुचिकृतको प्रकृया अघि बढेको हो ।
फ्रान्सको पेरिसमा रहेको विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञद्वारा तयार गरिएको रणनीतिक मनोनयन दस्तावेज पेस हुनु निकै खुसीको कुरा भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले प्रेस विज्ञप्ति जारी गर्दै बताउनुभएको छ ।

तिलौराकोट सन् २०२५ सम्ममा विश्व सम्पदा सूचीमा सुचीकृत गर्ने तयारीसहित कोषका तर्फबाट आवश्यक प्रक्रिया शुरु भएकाले सबैको सकारात्मक साथ र सहयोग हुने अपेक्षा गरिएको सदस्य सचिव शाक्यले उल्लेख गर्नुभएको छ । सरकारले २०७८÷७९ को नीति तथा कार्यक्रम मार्फत तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रकृयालाई औपचारिक रुपमा अघि बढाएको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com