इरानी राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थान पत्ता लगाएको टर्कीको दावी


प्रकाशित मिति : जेष्ठ ६, २०८१ आईतबार

इरानी राष्ट्रपति इब्राहिम रायसीको खोजीमा रहेको टर्कीले ड्रोनले हेलिकप्टर दुर्घटना भएको स्थान पत्ता लगाएको छ । समाचार एजेन्सी अनादोलुका अनुसार टर्कीले राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न ड्रोन पठाएको थियो ।

एजेन्सीले जारी गरेको ड्रोन फुटेजमा राति पहाडमा कालो दाग देखिन्छ । एजेन्सीका अनुसार फुटेजबाट प्राप्त जानकारी इरानी अधिकारीहरूसँग साझा गरिएको छ ।

आइतबार इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लायान चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो । इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रायसी र विदेशमन्त्री हेलिकप्टरमा सवार भएको पुष्टि गरेका छन् ।

यो हेलिकप्टरमा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार रहन्ुभएको थियो । यो हेलिकप्टर काफिलेमा सञ्चालित तीनवटा हेलिकप्टरमध्ये एक हो । राष्ट्रपति राईसीको खोजीमा आइतबारदेखि व्यापक अपरेशन चलिरहेको छ ।

इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीले यो दुर्घटनाबाट इरानको प्रशासनलाई कुनै असर नपर्ने बताउनु भएको छ । विश्वभरका नेताहरूले इरानका राष्ट्रपतिको सुरक्षाका लागि प्रार्थना गरेका छन् । बिबिसी हिन्दीबाट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com