उत्कृष्ट अभिनेत्रीतर्फ आलिया र उत्कृष्ट अभिनेतातर्फ रणवीरलाई फिल्मफेयर अवार्ड


प्रकाशित मिति : माघ १४, २०८० आईतबार

६९औँ फिल्मफेयर फिल्म अवार्डको घोषणा गरिएको छ । गुजरातमा भएको यस अवार्ड समारोहमा आलिया भट्टलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो । फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा अभिनय गरेबापत उनले यो अवार्ड पाएकी हुन् ।

रणवीर कपूरले फिल्म ‘एनिमल’ मा गरेको अभिनयका लागि उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् ।

‘१२ औं फेल’ ले २०२३ को उत्कृष्ट फिल्मको अवार्ड पाएको छ भने फिल्मका निर्देशक विधु विनोद चोपडाले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।

विक्की कौशललाई फिल्म डन्कीमा अभिनय गरेबापत सर्वोत्कृष्ट अभिनेता (सहयोगी भूमिका) को उपाधि दिइएको छ । फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा अभिनय गरेबापत शबाना आजमीलाई सर्वोत्कृष्ट अभिनेत्री (सहयोगी भूमिका) को अवार्ड दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com