विश्व स्वास्थ्य संगठनको चेतावनी : युरोपमा प्रतिदिन १० हजारको मृत्यु हृदयघातबाट , महिला भन्दा पुरुष उच्च जोखिममा


प्रकाशित मिति : जेष्ठ २, २०८१ बुधबार

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ ले युरोपेलीहरूसँग नुनको सेवन कम गर्न आग्रह गरेको छ । युरोपमा ३० देखि ७९ वर्षबीचका तीन वयस्कमध्ये एकजना उच्च रक्तचापबाट पीडित छन् । रक्तचाप प्राय नुनको अधिक सेवनले हुन्छ ।

डब्ल्युएचओको युरोप शाखाका निर्देशक हान्स क्लुजले विज्ञप्तिमा भन्नुभएको छ , ‘नुनको सेवनलाई २५ प्रतिशतले कम गर्ने लक्षित नीतिहरू लागू गर्दा सन् २०३० सम्म हृदयघातबाट करिब ९ लाख मानिसको ज्यान बचाउन सकिन्छ ।’

डब्ल्युएचओको युरोपेली क्षेत्रका ५३ मध्ये ५१ मुलुकमा औसत दैनिक नुनको सेवन डब्ल्युएचओले सिफारिस गरेको अधिकतम पाँच ग्राम वा एक चम्चाभन्दा बढी हुन्छ । यसको मुख्य कारण प्रशोधित खाद्य पदार्थ र स्न्याक्स हो ।

‘नुनको उच्च सेवनले रक्तचाप बढाउँछ, रक्तचाप हृदयाघात वा स्ट्रोकजस्ता हृदय रोगहरूका लागि प्रमुख जोखिम कारक हो’, डब्ल्युएचओले भनेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संगठनले युरोपमा रक्तचापको विस्तार विश्वमा सबैभन्दा बढी रहेको बताएको छ । संगठनको प्रतिवेदनअनुसार यस क्षेत्रमा महिलाको तुलनामा पुरुषको मृत्यु हुने सम्भावना करिब अढाई गुणा बढी छ ।

हृदयघातबाट मृत्यु हुनेमा भौगोलिक विभाजन पनि छ । पश्चिमी युरोपको तुलनामा पूर्वी युरोप तथा मध्य एसियामा हृदयघातबाट युवाको मृत्यु हुने सम्भावना करिब पाँच गुणा बढी छ ।

युरोपमा ४० प्रतिशत मृत्यु हृदयघातबाट हुने गरेको बताइन्छ । यो एक दिनमा १० हजार वा प्रतिवर्ष ४० लाख मृत्यु बराबर हो । एजेन्सीहरु

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com