अमेरिकाले युरोपेली शक्तिहरू र युक्रेनसँग गरेको वार्ताको विवरण माग्ने रुसको तयारी


प्रकाशित मिति : पुस २, २०८२ बिहीबार

युक्रेन द्वन्द्व अन्त्य गर्न सम्भावित शान्ति समाधानमा युरोपेली शक्तिहरू र युक्रेनसँगको अमेरिकी वार्ताको विवरण प्राप्त गर्न रूसले अमेरिकासँग सम्पर्कको तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी र रुसी अधिकारीहरू सप्ताहन्तमा मियामीमा भेट्ने अपेक्षा गरिएको छ। उक्त बैठकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लगानी दूत किरिल दिमित्रिएभ पनि सहभागी हुनेछन्।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मियामीमा बैठक हुने भन्ने रिपोर्टबारे प्रतिक्रिया दिँदै भने, “अमेरिकाले युरोपेली देशहरू र युक्रेनसँग गरेको कामको नतिजाबारे जानकारी प्राप्त गर्न हामी आफ्ना अमेरिकी समकक्षहरूसँग केही सम्पर्कको तयारी गरिरहेका छौँ।”

अमेरिकाले युक्रेन युद्ध अन्त्यका प्रस्तावबारे रुससँग तथा छुट्टाछुट्टै किभ र युरोपेली नेताहरूसँग वार्ता गरिसकेको छ । तर, अहिलेसम्म कुनै सम्झौता हुन सकेको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यदि किभ र युरोपेली नेताहरूले अमेरिकी शान्ति प्रस्तावमा संलग्न नभए रुसले बल प्रयोग गरेर युक्रेनको थप भूभाग कब्जा गर्ने चेतावनी दिएका थिए ।

युरोपेली नेताहरूले भने किभको समर्थन जनाउँदै रुसले युक्रेनमाथि जित हासिल गरेका मस्कोले भविष्यमा नाटो सदस्यमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् ।

हाल रुसले युक्रेनको १९ दशमलव २ प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ, जसमा २०१४ मा गाभिएको क्रिमिया प्रायद्वीप, पूर्वी डोनबास क्षेत्रको ठूलो हिस्सा, खेरसोन र जापोरिझ्झिया क्षेत्रको धेरै भाग तथा चार अन्य क्षेत्रमा साना भागहरू समावेश छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com