जापानमा तोसिबाले ४ हजार रोजगारी कटौती गर्ने


प्रकाशित मिति : जेष्ठ ३, २०८१ बिहीबार

समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको हिस्साका रूपमा आन्तरिकरूपमा चार हजार नोकरी कटौती गर्ने योजना बनाएको बताएको छ ।

सङ्कटलाई मध्यनजर गरी डिसेम्बरमा कम्पनीको सेयरहरूको डिलिस्टिङ भएसँगै एक कन्सोर्टियमले निजीरूपमा कम्पनीको अधिग्रहण गरेपछि यस्तो घोषणा गरिएको हो ।

विशिष्ट मापदण्ड पूरा गर्ने ५० वर्षभन्दा धेरै उमेरका कर्मचारीहरूलाई स्वैच्छिकरूपमा सेवानिवृत्त गर्ने प्रस्ताव गरेर नोभेम्बरसम्ममा कर्मचारीहरूको सङ्ख्या घटाइने छ । जापानमा व्यापक स्तरमा कर्मचारी कटौती दुर्लभ छ तर शीघ्र सेवानिवृत्ति योजना वा स्वैच्छिक अतिरिक्तताको यस्तो प्रयोग तीव्रताका साथ बढेको छ ।

कम्पनीले आर्थिक वर्ष २०२६ मा तीन खर्ब ८० अर्ब येन ९दुई अर्ब ५० करोड डलर० को परिचालन नाफा र बिक्रीमा १० प्रतिशत प्रतिफलको लक्ष्य राखेको बताएको ब्लुमबर्गले उल्लेख गरेको छ । आर्थिक वर्ष २०२५ को पहिलो छ महिनामा टोक्योको हमामात्सुचो क्षेत्रबाट जापानको राजधानी बाहिर कावासाकीमा प्रधान कार्यालय कार्यहरू सार्ने योजना छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तोसिबाको जरा सन् १८७५ मा सुरु भयो र २०औँ शताब्दीमा यो विशाल समूहका रूपमा विकसित भयो । कम्पनी जापानको युद्धोपरान्त आर्थिक पुनरुत्थानको पर्यायवाची बन्यो ।

प्रारम्भमा ल्यापट कम्प्युटर, लिफ्ट र आणविक ऊर्जा स्टेसनदेखि लिएर माइक्रोचिप्ससम्म सबैथोक बनाएर यो कम्पनी जापान र त्यो बाहिर घरेलु नाम बन्यो । तर सन् २०१५ मा भएको ठूलो लेखा घोटाला र अमेरिकी आणविक सहायक कम्पनी वेस्टिङहाउसबाट अर्बौं डलरको घाटासहित हालैका वर्षहरूमा कम्पनी थप सङ्कटमा पुगेको छ ।

सक्रिय सेयरधनीहरूको दबाब र निजी इक्विटी समूह सिभिसीको अधिग्रहण प्रस्तावले कम्पनीलाई पहिला तीन र पुनः दुई भागमा विभाजित गर्ने असफल प्रयासलाई रोक्यो ।

अन्ततः सन् २०२३ मार्चमा करिब २० वटा जापानी बैंक र अन्य कम्पनी सामेल भएको कन्सोर्टियमले करिब १४ अर्ब डलरको अधिग्रहण गर्ने बोलीलाई तोसिबाको बोर्डले स्वीकार गर्यो । टोक्यो एक्सचेन्जमा ७० वर्षभन्दा बढी कारोबारपछि यसका सेयरहरूलाई डिसेम्बरमा डिलिस्ट गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com