अयोध्याको श्रीराम मन्दिरलाई पहिलो दिन ३.१७ करोड भारु चन्दा प्राप्त


प्रकाशित मिति : माघ ११, २०८० बिहीबार

अयोध्याको श्रीराम मन्दिरमा दोस्रो दिन पनि ठूलो संख्यामा भक्तजन दर्शनका लागि पुगेका छन् । बुधबार श्रीराम मन्दिरमा दर्शनका लागि साढे दुई लाखभन्दा बढी श्रद्धालु पुगेका थिए ।

पहिलो दिन २३ जनवरीमा पहिलो पटक सर्वसाधारणका लागि यो मन्दिर खोल्दा यहाँ तीन करोड १७ लाख रुपैयाँ चन्दा आएको थियो ।

रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका ट्रस्टी अनिल मिश्रले समारोहपछि खोलिएका १० काउन्टरबाट एकै दिनमा अनलाइनमार्फत ३ करोड १७ लाख रुपैयाँ चन्दा प्राप्त भएको बताए ।

राज्य सरकारद्वारा जारी विज्ञप्तिमा जिल्ला मजिस्ट्रेट नितिश कुमारले भने – “अभिषेक समारोहको दोस्रो दिन बुधबार राति १० बजेसम्म २.५ लाख भन्दा बढी भक्तहरूले मन्दिरको दर्शन गरे।”

पहिलो दिन पाँच लाख मानिसले दर्शन गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com