इरान–पाकिस्तान सैन्य आक्रमणप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त


प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार इरान र पाकिस्तानबीच भएका सैन्य आक्रमणको विषयमा गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । महासचिव गुटेरेसले दुवै देशमा तनाव थप वृद्धि हुन नदिन अधिकतम संयमता अपनाउन आग्रह गर्नुभएको प्रवक्ता स्टेफन डुजारिकले उल्लेख गर्नुभएको छ ।

महासचिव गुटेर्रेसले दुई देशबीचका सबै सुरक्षा चिन्ताहरूलाई सार्वभौमिकता, क्षेत्रीय अखण्डता र असल छिमेकी सम्बन्धका सिद्धान्त अनुसार शान्तिपूर्ण संवाद र सहयोगको माध्यमबाट सम्बोधन गर्नुपर्ने विषयमा जोड दिनुभएको छ ।

मङ्गलबार पाकिस्तानको बलुचिस्तान प्रान्तका ‘आतङ्कवादी आधारहरू’ मा इरानी आक्रमण भएपछि पाकिस्तानले बिहीबार बिहान आतङ्कवादी लुकेको इरान क्षेत्रमा आक्रमण गरेको बताएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com