सिरिया शान्ति वार्ता स्थगित


प्रकाशित मिति : भाद्र ६, २०७४ मंगलबार

आस्ताना (काजकिस्तान), ६ भदौं । सिरियाको विषयमा हुने भनिएको शान्ति वार्ता स्थगित भएको काजकिस्तानले मङ्गलबार जानकारी दिएको छ ।

अगस्तको अन्त्यमा हुने भनिएको यो वार्ता स्थगित भएको काजकिस्तानले जानकारी दिएको समाचारमा जनाइएको छ ।

स्थगित भएको यो वार्ता काजकिस्तानको राजधानी अस्तानामा मध्य सेप्टेम्बरमा हुने भएको काजकिस्तानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

काजकिस्तानका विदेशी मन्त्रालयले आफ्नो फेसबुक पेजमा रसिया, टर्की र इरानका विशेषज्ञहरुको सहभागितामा हुने भनिएको यस वार्ता अब मध्य सेप्टेम्बरमा हुने जानकारी दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रसियाबाट प्राप्त सुचनाको आधारमा सो मिति परिवर्तन भएको मन्त्रालयले बताएको छ ।

उता रसियाली विदेशीमन्त्री सेर्गेइ लाभरोभ सोमबार मस्कोस्थित पत्रकारहरुलाई यस महिनाको अन्त्यमा हुने भनिएको विशेषज्ञ स्तरको सिरियाको विषयमा हुने शान्ति वार्ता सेप्टेम्बरमा सुरुहुने बताउनु भएको छ ।

मध्य सेप्टेम्बरमा आस्तानामा हुने भनिएको यस वार्ताको एकिन मिति भने लाभरोभले बताउनुभएको छैन ।

यसअघि यो वार्ता अगस्तको अन्त्यमा हुने भनिएको थियो । सिरियामा जारी द्वन्द्वको सुरक्षित अवतरणको लागि यसअघि पनि अस्तानामा नै रसिया, टर्की र इरानको सहभागितामा वार्ता सम्पन्न भएको थियो ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसर अल असादको राजिनामाको मागगर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

यस युद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्स हाबी हुँदै गयो । यस युद्धमा परी सो समयदेखि हालसम्म तीन लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

लाखौँ घाइते भएका र लाखौँ व्यक्तिले आन्तरिकरुपमा र छिमेकी देशमा शरणार्थी जीनव यापन गर्न बाध्य छन । पटकपटक भएको शान्ति वार्ता सार्थक हुन सकेको छैन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com