हमासको आक्रमणमा २२ इजरायली मारिए


प्रकाशित मिति : आश्विन २०, २०८० शनिबार

इजरायली आपतकालीन सेवाहरूका अनुसार हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएका छन्।

अस्पतालमा सयौंको उपचार भइरहेको छ । इजरायलको स्वास्थ्य मन्त्रालयले कम्तीमा ५४५ जना घाइते भएको जनाएको छ ।

चरमपन्थी संगठन हमासले इजरायलमा आकाशदेखि जमिनसम्म आक्रमण गरेको छ । हमासले इजरायलमा सात हजारभन्दा बढी रकेट प्रहार गरेको दाबी गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो युद्ध रहेको र शत्रुहरूले यसको ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले आफ्ना जनतालाई आफ्नो रक्षा गर्ने अधिकार रहेको बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com