संयुक्त राष्ट्रसंघ महासभाले न्युयोर्क सिटीमा वर्षको सबैभन्दा खराब ट्राफिक, कुन कुन सडक बन्द?


प्रकाशित मिति : आश्विन १, २०८० सोमबार

city buildings near body of water during daytime

Photo by the blowup

संयुक्त राष्ट्रसंघ महासभाले न्युयोर्क सिटीमा यो वर्षको सबैभन्दा खराब ट्राफिक अवस्था ल्याएको छ । संयुक्त राष्ट्र संघको महासभाको समयमा न्युयोर्कको म्यानहटनको पूर्वी छेउमा दर्जनौं सडकहरू यातायातका लागि बन्द गरिएको छ । विश्वभरका प्रतिष्ठित व्यक्तिहरू, कूटनीतिज्ञहरू र कर्मचारीहरू संयुक्त राष्ट्र महासभाको लागि मिडटाउनमा जम्मा भएका छन् ।

अन्तर्राष्ट्रिय समुदाय टर्टल बेमा रहेको संयुक्त राष्ट्रको मुख्यालय भित्र सोमबारदेखि सेप्टेम्बर २२ सम्म हुने वार्षिक हप्ता लामो बैठकको लागि भेला भएका छन् । व्यस्त हप्ताबाट विश्व शान्ति आउने ग्यारेन्टी नभएपनि वार्षिक भेलाले मिडटाउन र अपर ईस्ट साइडमा सडक बन्द गराउने कुरा भने सुनिश्चित जस्तै बनाएको छ । संयुक्त राष्ट्र महासभाको हप्तालाई मिडटाउनमा वर्षको सबैभन्दा खराब ट्राफिक दिनहरू मानिन्छ जसका कारण गाडीको गति चार माइल प्रति घण्टा भन्दा कमको हुनसक्छ ।

कम भीडभाड राख्न अधिकारीहरूले न्युयोर्कबासीहरुलाई सकभर आफ्ना कारहरू घरमा छोड्न आग्रह गरिरहेका छन्। न्युयोर्क सिटीका यातायात विभागका कमिश्नर यडानिस रोड्रिग्वेजले संयुक्त राष्ट्र संघको महासभा हरेक वर्ष आयोजना गर्ने एउटा ठूलो कार्यक्रम रहेको तथा न्युयोर्क सिटी यस्तो कार्यक्रम आफ्नो सिटीमा हुँदा गौरवान्वित भएको तर न्युयोर्कवासीहरूले भीडभाड कम गर्न र यातायातको वैकल्पिक मोडहरू खोज्न आफ्नो भूमिका निर्वाह गनुपर्ने बताएका छन् ।

यो वर्षको बैठकमा विश्व स्वास्थ्य केन्द्रबिन्दुमा रहेको छ । साथै राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की व्यक्तिगत रुपमा नै उपस्थीत भएर गर्ने सम्बोधनमा सबैको विशेष ध्यान रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबारदेखि सेप्टेम्बर २२ सम्म बन्द हुने मिडटाउन र अपर ईस्ट साइडका सडकहरूमा व्हाइटहल स्ट्रीट र ४२ औं स्ट्रीट बीच एफडीआर ड्राइभका साथै
उत्तरमा ६० औं स्ट्रीट, दक्षिणमा ३४ स्ट्रीट। पूर्वमा फस्ट एभिन्यू र पश्चिममा थर्ड एभिन्यूले घेरिएको क्षेत्र रहेको छ । त्यस्तै उत्तरमा ५४ स्ट्रीट, औं सडक, दक्षिणमा ४८ स्ट्रीट, पूर्वमा फस्ट एभिन्यू र पश्चिममा म्याडिसन एभिन्यूले घेरिएको क्षेत्र पनि बन्द हुनेछ । पश्चिम ५० औं स्ट्रीट र पश्चिम ५९ औं स्ट्रीट बीच ६ एभिन्यू पनि बन्द हुनेछ ।

५ एभिन्युमा ५५ देखि ५५ स्ट्रीटबीचको सडक, ५८ स्ट्रीट र ६० स्ट्रीटबीचको ग्रयाण्ड आर्मी प्लाजा, ईस्ट ड्राइभ र ५ एभिन्युबीचको ग्रयाण्ड आर्मी प्लाजा, म्याडिसन एभिन्युको ४२ स्ट्रीट र ५८ स्ट्रीटबीचको सडक पनि बन्द हुनेछ । त्यस्तै पार्क एभिन्युको ६२ स्ट्रटी र ४५ स्ट्रीटबीचको सडक, भ्याण्डरविल्ट एभिन्युको ४२ देखि ४७ स्ट्रीटबीचको सडक, लेक्जिंगटन एभिन्युको ५७ देखि ४२ स्ट्रीटसम्मको सडकपनि बन्द हुनेछ । त्यस्तै ४८ स्ट्रीट र ४९ स्ट्रीटबीचको एफडीआर ड्राइभ सर्भिस रोड पनि बन्द हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com