कुकुरको सहायतामा २ सातापछि पक्राउ गरियो पेन्सिलभेनिया जेलबाट फरार खतरनाक कैदी


प्रकाशित मिति : भाद्र २७, २०८० बुधबार

झण्डै २ साता अगाडि अमेरिकाको पेन्सिलभेनिया जेलबाट फरार हत्यामा दोषी अत्यन्त खतरनाक कैदी डानेलो काभाल्कान्चीलाई नियन्त्रणमा लिइएको छ । पेन्सिलभेनिया राज्य प्रहरीले काभाल्कान्चीलाई बुधबार हिराशतमा लिएको घोषणा गरेको हो । खोजीका लागि सयौं अधिकारीहरू परिचालन गरिएको थियो भने वरपरका समुदाय त्रसित बनेका थिए ।

चेस्टर काउन्टीमा बुधबार बिहान ८ बजेतिर ड्यानिलो काभाल्कान्चीको नाटकीय नियन्त्रणमा एउटा विमान, एक प्रहरी कुकुर र २० भन्दा बढी अधिकारीहरू परिचालन गरिएको थियो । राती खोज क्षेत्र माथि उडिरहेको विमानले जमिनमा तातो संकेत पाएको थियो । तर आँधिका कारण खोजी अवरुद्ध भएको थियो । विहान अधिकारीहरुको टोलीले उक्त क्षेत्र सुरक्षित घेरा हालेको थियो ।

काभाल्कान्ची सुतिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो । नजिकैका बासिन्दाबाट चोरेको राइफल माथि सुतिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो। अधिकारीहरु पुग्दा काभाल्कान्ची अचम्ममा परेको र हातमा राइफल लिएर क्रल गरेर भाग्न खोजेको प्रहरीको भनाई छ । राइफल प्रयोग गर्नबाट रोक्न एउटा प्रहरी कुकुर छाडिएको थियो भने प्रहरीको कुकुरले टोकेपछि हिरासतमा लिइएको थियो ।

काभाल्कान्ची अपमानजनक रुपमा प्रस्तुत भएको र गिरफ्तारीको प्रतिरोध गरेको तथा कुकुरले उसलाई टाउकोमा घाउ लगाएर छोडेको प्रहरीको भनाई छ । जब कुकुर उसको छेउमा पुग्यो, तब उसले प्रतिरोध गरेपनि कुकुरले रोक्न सकेको जनाइएको छ । कब्जा पछि उसलाई हतकडी लगाइएको थियो भने एक दर्जन भन्दा बढी भारी हतियारधारी अधिकारीहरूको सशस्त्र टोलीले गाडीको पछाडि राखेर लगेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फोटो : युएस मार्शल सर्भिस फिलाडेल्फिया

काभाल्कान्चीको अनुहारमा रगत थियो । उसले गाढा प्यान्ट र फिलाडेल्फिया ईगल हुडी लगाएको थियो । कैयौं अधिकारीहरूले काभाल्कान्ची र राइफलसँग सामूहिक फोटो खिचेका थिए । कब्जाको क्रममा अरू कोही पनि घाइते भएनन् ।

दिनदहाडै आफ्नी पूर्व प्रेमिकालाई छुरा प्रहार गरेरेर हत्या गरेको अभियोगमा दोषी काभाल्कान्ची अमेरिकाको पेन्सिलभेनियाको जेलबाट भागेपछि त्रास फैलिएको थियो । २ साता अगाडि बिहीबार बिहान ८ बजेर ५० मिनेटमा पोकोप्सन टाउनशिपको चेस्टर काउन्टी जेलबाट भागेको ३४ वर्षीय डानेलो काभाल्कान्चीको खोजी भइरहेको थियो ।

काभाल्कान्चीलाई सन् २०२१ मा आफ्नी पूर्व प्रेमिकालाई उनका दुई साना छोराछोरीको अगाडि ३८ पटक छुरा प्रहार गरेर हत्या गरेकोमा अगस्ट १६ मा फर्स्ट डिग्री हत्याको दोषी ठहर गरिएको थियो । सन् २०१७ मा काभाल्कान्टको जन्मभूमि ब्राजिलमा भएको उक्त हत्यापछि पक्राउ वारेन्ट जारी गरिएको थियो।

घातक छुरा प्रहारको लागि काभाल्कान्चीलाई बिना परोल आजीवन कारावासको सजाय सुनाइएको थियो । र चार हप्तामा राज्यको जेलमा सार्ने तयारी गरिएको थियो । दिनको उज्यालोमा दुई बच्चाहरूको अगाडि आमाको हत्यामा संलग्न भइसकेको व्यक्तिलाई यो भन्दा ठूलो केहि गर्नबाट केहीले पनि नरोक्ने भन्दै अधिकारीहरुले डर व्यक्त गरेका थिए ।

खोजीका लागि क्यानाइन एकाइहरू, ड्रोन र हेलिकप्टरहरू खोजीमा तैनाथ गरिएको थियो, जसमा चेस्टर काउन्टी डिटेक्टिभहरु, पेन्सिलभेनिया राज्य पुलिस र यूएस मार्शल सेवा सहित कानून प्रवर्तन एजेन्सीहरू समावेश थिए । चेस्टर काउन्टी र यूएस मार्शलहरूले यस मामलामा संयुक्तरुपमा १० हजार डलर इनामको घोषणा समेत गरेका थिए ।

चेस्टर काउन्टीको फिनिक्सभिल क्षेत्रमा काभाल्कान्चीको परिवार रहेको छ । काभाल्कान्चीलाई भर्जिनियामा पक्राउ गर्नु अघि २०२१ को छुरा प्रहार पछि भाग्न परिवार र साथीहरूले सहयोग गरेको विश्वास गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com