अन्तर्वार्ता : ‘यस पटक मलको अभाव हुँदैन, किसानलाई मर्का नपर्ने गरि व्यवस्था गर्छौं’


प्रकाशित मिति : असार ५, २०८० मंगलबार

वर्षायाम सुरु भएसँगै किसानहरु खेतबारीतिर जान सुरु गरिसकेका छन् । जब खेतीपाती सिजन सुरु हुन्छ, तब किसानलाई एउटै मात्र चिन्ताले सताउँछ, रसायनिक मल कहाँबाट ल्याउने ? विगतका वर्षहरुदेखि नै मलको अभाव खेप्दै आएका किसानहरु यसपटक पनि मल पाउने विश्वस्त हुन सकेका छैनन् । खेतीपातीको सिजनमा मल नपाइँनु नेपालमा संस्कृति जस्तै बन्ने गरेको छ । यसैसन्दर्भमा मलको अवस्थाको विषयमा केन्द्रीत रहेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. राजेन्द्रप्रसाद मिश्रसँग खसोखासका लागि सुरज घिमिरेले गरेको कुराकानीको सम्पादित अशं :

– खेतीपातीको सिजन सुरु भइसकेको छ ।  विगत वर्षहरुमा पनि मलको अभाव खेप्दै आएका किसानको समस्या समाधानको लागि के के तयारी छ ?
हामीले रासायनिक मलको यस वर्ष अभाव हुन नदिने गरि सुरुदेखि नै काम गर्दै आएका छौं । आजको दिनसम्म आइपुग्दा हामीले तीन लाख ७१ हजार मेट्रिक टन मल भित्र्याइसकेका छौं । ५५ हजार टन मल भारतको कोलकत्ताबाट आउँदै छ । आजको दिनमा हामीसँग युरिया र डिएपी गरि ७१ हजार मन मल स्टकमा छ । यसरी हेर्दा यो सिजनमा मलको अभाव हुन नदिन प्रयास गरिरहेका छौं । तर पनि कतिपय बेला कोलकत्ताको मौसम साथै वर्खाको मौसम भएको कारणले सडकमा पनि कतै समस्या आउन सक्छ । त्यसले किसानको खेतबारीसम्म मल पुग्न समय लाग्न सक्छ । तर, हामीले मन्त्रालयको तर्फबाट गर्नुपर्ने सबै तयारीहरु गरिसकेका छौं । मल निरन्तर आइरहेको छ । हामीले आन्तरिक वितरण प्रणालीलाई पनि त्यही अनुसार परिचालन गरिरहेका छौं । जहाँ खेतीको सिजन सुरु भएको त्यहाँ पहिला प्राथमिकता दिएका छौं । मन्त्रालयको प्रयास मलको अभाव हुन नदिने रहेको छ ।

– मलको सहज र सरल व्यवस्थापनमा समस्या कहाँ निर छ ? 
ठूलो परिमाणको आवश्यकता रहेको क्षेत्र हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको झण्डै ५० प्रतिशत बजेट मलमा खपत हुन्छ । आयात गर्ने कुरा धेरै लामो आपूर्ती शृङ्खला छ । हामीले २३० दिन जति आयात गर्न नै लाग्छ त्यसपछिको १५ दिन आन्तरिक वितरण प्रणालीलाई सहकारीसम्म पुर्याउन लाग्छ । मल झण्डै एक–डेढ महिनामा ल्याउन सक्ने विजनेश रहँदैन् । त्यसको लागि धेरै लामो पूर्व तयारी, बजेटको व्यवस्था, विनियोजन व्यवस्था लगाएतका कुराहरु परिचालन गर्नुपर्ने अवस्था रहन्छ । कतिपय बेला टेण्डरहरु फेल भइदिन्छन् । त्यसले थोरै जोखिम रहन्छ । त्यसका लागि हामीले व्याकअप टेण्डर गर्ने गरि व्यवस्था गर्ने प्रयास गरेका छौं । यो वर्ष थोरै भएपनि सहज भएको छ । र, अर्को वर्ष सरकारले राम्रो किसिमले बजेट विनियोजन गर्दा खेरी हामीले व्यवस्थित रुपमा मलको आपूर्तिलाई सुदृढ गर्दै लैजाने प्रयासमा छौं ।।

– मल आपूर्तीमा कस्ता कस्ता समस्या छन् ? स्पष्ट हुनेगरी भनिदिनुन् , कुरा घुमाउनै पर्दैन 
भैपरी अवस्थाहरु रहन्छन् । यो ठूलो विजनेश, लामो आपूर्ती शृङ्खला, अन्तर्राष्ट्रिय प्रवेश, मूल्य प्रवेशले गर्दा असरहरु रहीरहन्छन् । तर पनि, हामीले गर्ने भनेको त प्रयास नै हो । मन्त्रालयले जहिले पनि पूर्व कार्य योजना बनाएर अगाडी बढ्छ । विभिन्न समस्याहरु, कठिनाईहरु हुन्छन् । कतिपय बेला ग्राहो हुन्छ । तर, सुधार हुँदै गएको अवस्था त देख्नुभएकै छ । अन्तर्राष्ट्रिय रुपमा आर्थिक लगाएतका संकट आइसकेपछि हामी मात्रै होइन्, अन्तर्राष्ट्रिय जगतमै रासायनिक मलको आपूर्ती शृङ्खला अवरुद्ध भएको थियो । हामी मात्र होइन् । अहिले विस्तारै सामान्य हुँदै गएको छ । मलाई लाग्छ, मलको समय समाधान हुँदै जान्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

–  तपाइँहरुको  नियमनमा चासो पुगेन भन्ने गुनासो छ 
आम रुपमा त्यस्तो नपुगेको हुँदैन् । कुनै ठाउँमा छुटफुट गुनासाहरु आउँछन्, त्यो स्वभाविक हो । दशहजार सहकारीहरु वितरण प्रक्रियामा आबद्ध छन् । कुनै दिन कुनै सहकारीमा मल नपुग्न सक्छन्, त्यो दिन गुनासो आउनु स्वभाविक हो । आम रुपमा सबैले टिममा काम गरिरहेका छन् । र, एउटा सहज रुपमा आपूर्ती हुने गरि हामिले दुई वटै कम्पनी (कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन) लाई निर्देशित गरेका छौं । सबै डिपोहरु परिचालित भएका छन् । अर्को कुरा के छ भने, तीन वटै सरकारहरु यसमा आबद्ध छन् । हामीले आयातलाई व्यवस्थित गर्छौ । प्रदेशले प्रदेश भित्रको वितरणलाई व्यवस्थित गर्छ । र, स्थानीय तहले स्थानीय तहभित्रको व्यवस्थापनलाई सुदृढ गर्दै लैजाने हो, अनुगमन गर्ने हो, त्यहाँका गुनासाहरुलाई त्यही सम्बोधन गर्ने हो । प्रदेशभित्रको प्रदेशले सम्बोधन गर्ने हो र संघमा आउने गुनासा हामीले संघबाटै सम्बोधन गर्छौ ।

– समग्रमा भन्नुपर्दा, यो पटक किसानले मलको अभाव भोग्नुपर्दैन् ?
यस पटक मल अभाव हुँदैन् । हाम्रो प्रयास यही रहेको छ । आशा गरौं, हामीले किसानलाई मर्का नपर्ने गरि मलको व्यवस्था गर्न सक्षम हुनेछौं ।।

– हामी रासायनिक मललाई जस्तै प्राङ्गारिक मललाई किन प्राथमिकता दिदैनौं ?
प्राङ्गारिक मलमा हामीले निरन्तर प्रयास गर्दै आएका छौं । यो संघीय मन्त्रालयको ठूलो आपूर्ती शृङ्खला भएको हुनाले रासायनिक मलमा बढी केन्द्रीत छौं । हामीले बजेटको योजनादेखि नै प्रदेश र स्थानीय तहहरुलाई तपाईहरु प्राङ्गारिक मलको व्यवस्थापन र प्रबद्र्धनमा काम गर्नुस्, त्यसमा सशर्त अनुदानको रुपमा हामीले बजेटहरु उपलब्ध गराउने काम गर्छौ भनेर भनिरहेका छौं । त्यसैले प्राथमिकता नदिएको होइन् । प्रदेश र स्थानीय तहको कार्यमा हामीले समावेश गर्दै गइरहेका छौं । विकल्प भन्दा पनि दुईवटैलाई सँगसँगै लैजाने विषय रहेको छ यो । रासायनिक मल र प्राङ्गारिक मललाई सँगै लैजानुपर्छ । रासायनिक मलको मात्रै भरपर्दा लामो अवधीमा माटो लगाएतका कृषिमा समस्या आउँन सक्छन् । तर, प्राङ्गारिक मलमा मात्र भरपर्दा हाम्रो नयाँनयाँ उन्नत जातहरु छन्, त्यसको पूर्ण सम्भाव्यतालाई प्रयोग गर्न सक्दैनौं । त्यसले गर्दा हामीले एउटैमा भर पर्नुपर्ने बाध्यतालाई हटाउँदै दुईवटैलाई सँगसँगै लैजाने प्रयासमा छौं ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com