जनकपुर पनि डुबानमा, एक हजारभन्दा बढी घरमा बाढी पस्यो


प्रकाशित मिति : श्रावण २९, २०७४ आईतबार

श्रावण २९, २०७४- पुरानो जलादमा आएको बाढीले जनकपुर उपमहानगरपालिकामा एक हजारभन्दा बढी घर डुबेका छन् । उपमहानगर– १ शिवपथ क्षेत्र र मुसलमान महल्ला, वडा नम्बर १६ का कपिलेश्वरका करिव १ हजार घरमा बाढी पसेको छ ।

सन्जय यादव र सुनिलकुमार सिंहको घर बगाएको छ । सडकमा ५ फिटसम्म पानी जमेपछि स्थानीय उचो ठाउँमा गएर ज्यान जोगाएका छन् । भूँइतलाका  खाद्यान्न, लत्ताकपडा भिजेका छन् ।
किशोरीनगर, आनन्दनगर, हवाई अड्डा, जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालयमा पानी पसेको छ । जनकपुरका कुनै पनि सडकमा हिड्ने अवस्था छैन ।

कमला नदी वरपरका १० वटा गाउँ पनि डुबानमा परेका छन् । जनकपुर–भिड्टामोड अबरुद्ध भएको छ । एनसेलको टेलिफोन र इन्टरनेट पूरै बन्द छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com