अनलाइन बेटिङमार्फत सट्टेबाजी प्रचार गरेको आरोपमा बल्छी ध्रुवेसहित ८ जना पक्राउ


प्रकाशित मिति : जेष्ठ ३२, २०८० बिहीबार

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा बल्छी ध्रुवे नामले परिचित कलाकार मरिचमान श्रेष्ठसहित आज आठ जनालाई पक्राउ गरेको छ ।

प्रतिबन्धित विभिन्न अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजी गर्नका लागि विज्ञापन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ, राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली छन् ।

पक्राउ परेका कलाकारहरुले युट्युबमार्फत् अनलाइन वेटिङको विज्ञापन गरेको प्रहरीको आरोप छ । उनीहरुले युट्युबमार्फत प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेका थिए । कलाकार एवं युट्युबरले विज्ञापन गरी सट्टेबाजीमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले अप्रेसन चलाएको थियो ।

अनलाइन बेटिङमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा बुधबारमात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पाँच जनाले मात्रै रु ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त कारोबारमा गरेको आरोपमा पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौँको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, २८ वर्षीया अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी–४ बस्ने २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई काठमाडौँ बुद्धनगर बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागर्जुन बिसी क्याप स्किल बस्ने २४ वर्षीय आशीष लामिछाने रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा केसीे बताउनुभयो ।

पक्राउ परेकाहरुको खातामा करोडौँ रकमको कारोबार भएको देखिएको थियो । साथै दिनेश खड्का एक्लैको खाताबाट रु ६४ करोड ७७ लाख ८८ हजार ७७१ बराबरको कारोबार भएको देखिएको छ । यसैगरी श्रेष्ठको खातामा रु पाँच करोड ५४ लाख ६६ हजार, चन्दको रु ४५ लाख र लामिछानेको रु दुई करोड ९८ लाख ९६ हजारको कारोबार भएको खातामा देखिएको छ ।

आशीष लामिछानेले रु ३७ लाख बराबरको नगद कारोबार समेत गरेको प्रहरीले जनाएको छ । उक्त रकम प्रहरीले बरामद गरी बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो । पक्राउ परेकाबाट रु ७४ करोड १३ लाख ५० हजार सात सय ७१ बराबरको कारोबार भएको भेटिएको थियो । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान अघि बढाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने व्यवस्था छ । धारा १२५ को (२) को उपदफा (१) को (क) मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा रु ३० हजार सम्म जरिवाना र उपदफा (ख) मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र रु ५० हजार सम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र रु १० हजार सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com