‘भीआईपी प्याकेज’मा निजी विमान चार्टड गरेर अमेरिका छिरेका कागजपत्रविहिन र तस्करहरु पक्राउ


प्रकाशित मिति : जेष्ठ १५, २०८० सोमबार

मानव तस्करहरूले टेक्सासमा चार कागजपत्रविहिन आप्रवासीहरूलाई निजी विमानमा छिराउने क्रममा पक्राउ परेका छन् । कागजपत्रविहिनहरुले भीआईपी प्याकेजमा निजी विमानमा अमेरिका प्रवेश गर्न रकम तिरेको अधिकारीहरूले बताएका छन् ।

पुरुष र दुई महिला हातमा सामान लिएर हार्लिङ्गेनको भ्याली इन्टरनेशनल एयरपोर्टमा गल्फ एभिएसनको टार्माकमा हिंडिरहेको देखिएको यूएस बोर्डर पेट्रोलले बताएको छ । यो दृश्य भीडभाड र प्रायः अमानवीय अवस्थाहरूभन्दा फरक रहेको थियो । धेरै आप्रवासीहरू सीमा पार गरेर देश भित्र पस्ने प्रयास गर्छन्।

अमेरिकी सीमा गस्ती र गुप्तचर एजेन्टहरुले चार आप्रवासी र दुई पाइलट पक्राउ गरेका थिए । एजेन्सीले निजी विमानको प्रयोगलाई अपरंपरागत भनेको छ । मानव तस्करीमा संलग्न रहेको आरोपमा हार्लिङ्गन प्रहरी विभागले उक्त विमान पनि नियन्त्रणमा लिएको छ ।

ग्वाटेमाला र होन्डुरसका ती आप्रवासीहरूले स्टाइल र आरामका साथ अमेरिका लुक्नका लागि मोटो रकम तिरेको जनाइएको छ । औसत अवैध आप्रवासीले तस्करहरूद्वारा अमेरिकी सिमानामा छिराउनमात्र सामान्यतया ३ हजार डलरसम्म तिर्छन् । त्यो शुल्क तिरेर उनीहरु प्रायः साँघुरो र खतरनाक चलिरहेको भ्यान मार्फत अमेरिका छिर्ने गर्छन् । तर तस्करीका लागि निजी विमानको प्रयोगले सजिलै प्रत्येक आप्रवासीको २० हजार डलरसम्म खर्च भएको जनाइएको छ ।

तस्करीको लागी चार्टर्ड उडानहरुको प्रयोग दुर्लभ रहेपनि योभन्दा अगाडि समेत यस्तो देखिएको थियो । तस्करहरुले धेरै रकम तिर्न सक्नेहरुलाई भीआईपी अफरहरु गर्ने गरेको जनाइएको छ ।

गत समरमा टेक्सासको सान एन्टोनियोमा ट्र्याक्टर ट्रेलरको पछाडि तालाबन्दीबाट मरेका दुई आप्रवासीहरूले प्रत्येकले प्रतिष्ठित भीआईपी प्याकेजहरू किनेका थिए, जसले उनीहरूलाई ज्यान जाने खतरा नहुने आश्वासन दिइएको थियो ।

पाब्लो ओर्टेगा र जुलियो लोपेजले कोयोटहरूलाई १२ हजार र १३ हजार डलर तिरेका थिए । तस्करहरुले उनीहरूका लागि लक्जरी तस्करी प्याकेजको वाचा गरेका थिए, जसमा अमेरिकालाई मेक्सिकोबाट अलग गर्ने नदीमा डुङ्गा प्रवेश, उच्च स्तरको बसाई, पिज्जा, बियर र भिडियो गेमहरू समावेश थिए ।

तर तस्करहरूले उनीहरुलाई वातानुकूलित र पानी समेत नभएको १८ पाङ्ग्रे गाडीमा जबरजस्ती हालेका थिए । जसका कारण उनीहरुसहित ५३ जना आप्रवासीहरुको ज्यान गएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com