उत्तरी चीनमा पटाका विस्फोट हुँदा ४ जनाको मृत्यु


प्रकाशित मिति : जेष्ठ १३, २०८० शनिबार

उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् ।
सो विस्फोट दिउँसो ४ बजे भएको थियो ।

सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शंकास्पद आतिशबाजीको नमूना सङ्कलन गरेर परीक्षण गरिरहेका थिए ।

प्रारम्भिक अनुसन्धान अनुसार घटनास्थलमा ११ जना थिए । हालसम्म नौ जनाको उद्धार गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com