भारतीय दुई हजारको नोट बजारबाट हट्ने


प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार

भारतीय रिजर्भ बैंकले चलन चल्तीमा रहेको दुई हजार रुपैयाँको नोटलाई बजारबाट हटाउने निर्णय गरेको छ । यद्यपि, यी नोटहरू मान्य रहनेछन्।

आरबीआईले भनेको छ- ‘मानिसहरूले आफ्नो बैंक खातामा २ हजारको नोट जम्मा गर्न सक्छन् वा कुनै पनि बैंक शाखामा त्यो नोट परिवर्तन गर्न सक्छन्।’

यो सुविधा सेप्टेम्बर ३० सम्म सबै बैंकमा उपलब्ध हुने आरबीआईले जनाएको छ । बैंकबाट एक पटकमा २० हजारसम्म परिवर्तन गर्न सकिन्छ।

रिजर्भ बैंकले सबै बैंकहरूलाई तत्काल प्रभावबाट दुई हजार दरका नोट जारी गर्न बन्द गर्न पनि सल्लाह दिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com